जागिर छोडेपछि स्वास्थ्य कार्यालयका हाकिमले भने, ‘सरकारी अड्डामा व्यापक भ्रष्टाचार छ’
धनकुटा । स्वास्थ्य कार्यालय धनकुटाका पूर्व प्रमुख गोकुलप्रसाद भण्डारीले सरकारी अड्डामा व्यापक भ्रष्टाचार हुने गरेको खुलासा गरेका छन् । सेवावाट अवकाश पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका भण्डारीले पार्टी प्रवेशको विषयमा जानकारी गराउँन धनकुटामा पत्रकार सम्मेलन गरी भ्रष्टाचार र कमिसनको विषय पनि खुलाएका हुन् ।
उनले राज्यका सबै अङ्गहरूमा अपराधिकरण गरी श्रोत साधन माथि हैकम जमाई चरम दुरुपयोग...






























