संगालोखबर

काठमाडौँ । नेपाली म्याराथन धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक-२०२४ मा आज हुने महिला म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन् । नेपालबाट यसपटक ओलम्पिकमा सहभागी ७ खेलाडीमध्ये उनी प्रतिस्पर्धा गर्ने अन्तिम नेपाली खेलाडी हुन् ।

Advertisement

सन्तोषी युनिभर्सियालिटी कोटाबाट पहिलोपटक ओलम्पिकमा सहभागी भएकी हुन् । राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्यसहित पेरिस पुगेकी सन्तोषीले आफूले गरेको अभ्यासअनुसार सक्दो राम्रो गर्न प्रयास गर्ने बताएकी छन् । सन् २०१९ मा काठमाडौंमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी सन्तोषीले मध्यम दूरीबाट दौड सुरु गर्दै हाफ म्याराथन अनि म्याराथन दौडन थालेकी हुन् ।

पेरिस ओलम्पिकमा यसअघि ६ जना नेपाली खेलाडीले प्रतिस्पर्धा गरिसकेका छन् । पौडीका अलेक्जेन्डर शाहले राष्ट्रिय कीर्तिमान सुधार गर्नु बाहेक अन्य खेलाडीको प्रदर्शन गतिलो रहेन । शाहसहित पौडीकै डुवाना लामा, टेबल टेनिसका श्यान्टु श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाटै बाहिरिएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!