एसियाली तेक्वान्दोमा नेपाललाई दुई स्वर्णपदक
विराटनगर । भारतको बैङ्गलोरमा भएको १०औं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालले २ स्वर्ण र १ रजत पदक जितेको छ । काभ्रेपलाञ्चोकका राजमन्दिर श्रेष्ठ र किशोरवरुण श्रेष्ठले स्वर्णपदक जितेका हुन् ।
यस्तै, झापाका चन्द्रबहादुर तामाङले रजत पदक प्राप्त गरेका छन् । एकल प्याटनमा पाँचौं डानतर्फको प्रतिस्पर्धामा मङ्गोलियाका खेलाडीलाई पराजित गरेर राजमन्दिरले स्वर्णपदक जितेका हुन् । ९१ किलो तौलमाथिको प...




























