जल सतह बढेपछि कोशी ब्यारेजका सबै ढोका खोलियो

जल सतह बढेपछि कोशी ब्यारेजका सबै ढोका खोलियो

सुनसरी । सप्तकोसी नदीमा जल सतह बढेपछि सबै ढोका खोलिएको छ । पहाडी तथा तराईका जिल्लामा अत्यधिक वर्षा भएसँगै सप्तकोसी नदीको बहाव उच्च बनेको हो । आज बिहान ९ बजेसम्म ४ लाख ४९ हजार ६ सय ८० क्युसेक प्रतिसेकेण्ड मापन गरिएको छ । पानीको बहाव उच्च भएसँगै थप सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए । नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । बहाव बढिरहे...
झापामा बाढीले बगाउँदा तीन जना बेपत्ता, मोटरसाइकल पनि बग्यो

झापामा बाढीले बगाउँदा तीन जना बेपत्ता, मोटरसाइकल पनि बग्यो

विराटनगर । झापामा बाढीले बगाउँदा तीन जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार बाढीले बगाउँदा एक बालिका र दुई जना पुरुष बेपत्ता भएका हुन् । हिजो झापाको कमल गाउँपालिका-१ स्थित किस्ने खोलामा माछा मार्ने क्रममा ३५ वर्षीय टीकाराम चौधरीलाई खोलाले बगाएको छ । यसैगरी कचनकवल गाउँपालिका-१ स्थित चमरभित्ताबाट झकुवा टोल आउँदै गरेकी १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवा खोलाले बगाएको प्रहरीले जनाएको छ । गौरीगञ्ज...
पाँचथरमा पहिरोले घर पुर्दा आमा–छोरीको मृत्यु

पाँचथरमा पहिरोले घर पुर्दा आमा–छोरीको मृत्यु

विराटनगर । पाँचथरमा पहिरोले घर पुर्दा आमा–छोरीको मृत्यु भएको छ । फिदिम नगरपालिका-४ चिसापानीमा घर माथिबाट खसेको पहिरोमा परेर २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य तीन जनाले भने भागेर ज्यान जोगाएका छन् । पहिरो बिहान साढे तीन बजे तिर खसेको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएको अवस्थामा आमा–छोरीको शव बाहिर निकालिएको छ । घटनास...
धनकुटामा पहिरोले घर पुर्दा आमा-छोरीको मृत्यु, छिमेकी घाइते

धनकुटामा पहिरोले घर पुर्दा आमा-छोरीको मृत्यु, छिमेकी घाइते

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका-५ गुराँसे देवीथानमा आज बिहान पहिरोले घर पुर्दा आमा-छोरीको मृत्यु भएको छ । वर्षासँगै बिहान करिब ३ बजे माथिबाट खसेको पहिरोले स्थानीय सन्तोष तामाङको घर पुरेको हो । घरसँगै पहिरोमा पुरिएर सन्तोषकी श्रीमती ३२ वर्षीया आशा तामाङ र आशाकी आमा ५० वर्षीया रामकुमारी तामाङको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख एसपी श्यामसिंह चौधरीले जानकारी दिए । ‘पहिरो झर्दै गरेका बेला स...
२०८१ असोज १२ गते शनिबार/आजको राशिफल

२०८१ असोज १२ गते शनिबार/आजको राशिफल

बि.सं.२०८१ असोज १२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर २८ नेपाल सम्वत् ११४४ ञंलागा एकादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण एकादशी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, सिद्ध योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः५५ बजे, सूर्यास्त साँझ ०५ः५३ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसु...
मोरङको रतुवामाईमा खोलाले बगाउँदा वृद्धा वेपत्ता

मोरङको रतुवामाईमा खोलाले बगाउँदा वृद्धा वेपत्ता

विराटनगर । मोरङको रतुवामाईमा खोलाले बगाउँदा एक वृद्धा बेपत्ता भएकी छिन् । आज दिउँसो वृद्धालाई रतुवा खोलाले बगाएको सूचना आएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक होम प्रसाद अधिकारीले जानकारी दिए । रतुवामाई-७ सिजुवाकी ७२ वर्षीया डुरोदेवी राजवंशीलाई खोलाले बगाएको भनेर लिखित निवेदन आएको अधिकारीले संगालोखबरलाई जानकारी दिए । ‘स्थानीयले बगाएको भनेर खबर गरेका छन्’, अधिकारीले संगालोखबरसँग भने...
मोरङ र सुनसरीबाट लागूऔषधसहित पाँच जना पक्राउ

मोरङ र सुनसरीबाट लागूऔषधसहित पाँच जना पक्राउ

विराटनगर । मोरङको विराटनगर, बेलबारी र सुनसरीको धरानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । हिजो लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१५ बाट चेकजाँचको क्रममा दुई जनालाई नियन्त्रणमा लिएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको को ६ प ९६ नम्बरको मोटरसाइकलमा सवार सुन्दरहरैँचा नगरपालिका-१२ का ३० वर्षीय शङ्कर दाहाल र २५ वर्षीय नन्दु फुँयाललाई प्रहरीले नियन्त्रणमा लिएको हो...
नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा १५ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा १५ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

विराटनगर । मोरङको केराबारी गाउँपालिका-८ बाट १५ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो साँझ इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले खदम खोलाबाट ढुङ्गा उत्खनन गरिरहेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिएको हो ।  को २ त ८३४६, को २ त ९९२७, को २ त ७५५४, को १ त ५३८०, को २ त २०३२, को २ त ७९१२ र को २ त ७८९७ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।  यसैगरी को २ त ६९४०, को...
एक सातादेखि दैनिक बढिरहेको सुनको मूल्यमा आज नयाँ रेकर्ड

एक सातादेखि दैनिक बढिरहेको सुनको मूल्यमा आज नयाँ रेकर्ड

विराटनगर । आज पनि सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँ पुगेको छ । एक सातादेखि सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ । आज तोलामा पाँच सय रुपैयाँले बढेर सुनको मूल्यले पुनः नयाँ किर्तिमान बनाएको हो । हिजो सुन तोलामा एक लाख ६० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार एक लाख ५७ हजा...
जलमग्न विराटनगरको एयरपोर्ट रोड (फोटो फिचर)

जलमग्न विराटनगरको एयरपोर्ट रोड (फोटो फिचर)

विराटनगर । लगातारको वर्षाले विराटनगरको एयरपोर्ट रोड जलमग्न भएको छ । हिजो बिहानदेखि निरन्तर परेको पानीका कारण विराटनगरका धेरै स्थान जलमग्न भएका छन् । पछिल्लो २४ घण्टामा विराटनगरमा १४१.१ मिलिमिटर वर्षा भएको छ । वर्षाका कारण देशैभरका नदीको जलसतह बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले केहिदिन निरन्तर वर्षा हुने विभागले उल्लेख गरेको छ । ...
वर्षाका कारण विराटनगर विमानस्थलमा उडान प्रभावित

वर्षाका कारण विराटनगर विमानस्थलमा उडान प्रभावित

विराटनगर । निरन्तर भइरहेको वर्षाका कारण विराटनगर विमानस्थलको उडान प्रभावित भएको छ । मौसम खराब भएकाले उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । आज बिहानदेखि कुनैपनि विमानले उडान र अवतरण गरेका छैनन् । विराटनगरसहित विभिन्न स्थानमा हिजोदेखिनै निरन्तर वर्षा भइरहेको छ । वर्षा कारण विराटनगरका धेरै ठाउँमा पानी जम्न थालेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विराटनगरमा विगत २४ घण्टामा १४...
२०८२ लाई कोशी प्रदेश पर्यटन वर्ष मनाइने, आज औपचारिक घोषणा गरिदै

२०८२ लाई कोशी प्रदेश पर्यटन वर्ष मनाइने, आज औपचारिक घोषणा गरिदै

विराटनगर । कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ लाई पर्यटन वर्षको रुपमा मनाउने भएको छ । विश्व पर्यटन दिवसको अवसर पारेर आज कोशी प्रदेशको राजधानी विराटनगरमा ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गरिदैछ । होटल स्टन स्टारमा बिहान ११ बजे हुने कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन वर्ष घोषणा गर्ने मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइटेलले जानकारी दिए । पर्यटन वर्ष घोषणापछि मुख्यगरी ...
२०८१ असोज ११ गते शुक्रबार/आजको राशिफल

२०८१ असोज ११ गते शुक्रबार/आजको राशिफल

बि.सं.२०८१ असोज ११ गते शुक्रबार ई.सं.२०२४ सेप्टेम्बर २७ नेपाल सम्वत् ११४४ ञंलागा दशमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण दशमी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, शिव योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५ः५४ बजे, सूर्यास्त साँझ ०५ः५४ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर दिशाको यात...
कोशी ब्यारेज बस दुर्घटना अपडेटः नदीबाट २० जनालाई उद्धार गरेर अस्पताल पठाइयो

कोशी ब्यारेज बस दुर्घटना अपडेटः नदीबाट २० जनालाई उद्धार गरेर अस्पताल पठाइयो

विराटनगर । कोशी ब्यारेजबाट नदीमा खसेको बसबाट २० जना यात्रुलाई उद्धार गरेर बाहिर निकालिएको छ । प्रहरी टोलीले उनीहरूलाई सकुशल उद्धार गरेर बाहिर निकालेको हो । घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । विराटनगरबाट उदयपुरको गाईघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस साँझ करिब ६ बजे नदीमा खसेको हो । बस अनियन्त्रित भएर ब्यारेजको बार भत्काउँदै ३४ र ३६ नम्बर ढोकाको बीचबाट नदीमा खसे...
विराटनगरबाट गएको बस कोशी ब्यारेजबाट नदीमा खस्यो

विराटनगरबाट गएको बस कोशी ब्यारेजबाट नदीमा खस्यो

विराटनगर । कोशी ब्यारेजबाट आज साँझ यात्रुबाहक बस सप्तकोसी नदीमा खसेको छ । विराटनगरबाट उदयपुरको गाईघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस साँझ करिब ६ बजे नदीमा खसेको हो । बस अनियन्त्रित भएर ब्यारेजको बार भत्काउँदै ३४ र ३६ नम्बर ढोकाको बीचबाट नदीमा खसेको प्रहरीले जनाएको छ । यात्रुहरूलाई उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । अपडेटः नदीबाट ...
एमाले विराटनगर महानगर सङ्गठन कमिटीको सपथ ग्रहण

एमाले विराटनगर महानगर सङ्गठन कमिटीको सपथ ग्रहण

विराटनगर । नेकपा एमाले विराटनगर महानगर सङ्गठन कमिटीका पदाधिकारीले सपथ लिएका छन् । आज विराटनगर स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कमिटीका पदाधिकारी तथा सदस्यहरूले सपथ लिएका हुन् । एमाले मोरङ जिल्ला सङ्गठन कमिटीको आयोजनामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेले सपथ खुवाएका थिए । कार्यक्रममा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, कोशी प्रदेश कमिटी ...
झापाको बुद्धशान्ति गाउँपालिका २ का वडाध्यक्ष निलम्बित

झापाको बुद्धशान्ति गाउँपालिका २ का वडाध्यक्ष निलम्बित

विराटनगर । झापाको बुद्धशान्ति गाउँपालिका-२ का वडाध्यक्ष डिल्ली प्रसाद ओली निलम्बित भएका छन् । सेवाग्राहीसँग घुस लिएको कसुरमा पक्राउ परेका ओलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ परिच्छेद ३ को दफा ३३ बमोजिम ओली स्वतः वडाध्यक्ष पदबाट निलम्बित भएका हुन् । सेवाग्राही अमरनाथ चौहानसँग घुस लिएका ओली...
आइतबारसम्म लगातार पानी पर्ने सम्भावना, कोशीका ११ जिल्ला उच्च जोखिममा

आइतबारसम्म लगातार पानी पर्ने सम्भावना, कोशीका ११ जिल्ला उच्च जोखिममा

विराटनगर । कोशी प्रदेशसहित देशका धेरै ठाउँमा आज बिहानैदेखि पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबारसम्म लगातार पानी पर्ने सम्भावना छ । विभागले हिजो नै जारी गरेको मौसम बुलेटिनमा धेरै स्थानमा अतिभारी वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ ।  बुलेटिनमा कोशी प्रदेशका ११ जिल्ला उच्च जोखिममा रहेको उल्लेख छ । झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम, पा...
धनकुटामा पिकअप दुर्घटना

धनकुटामा पिकअप दुर्घटना

धनकुटा । धनकुटाको जिरोप्वाइन्ट नजिक पिकअप गाडी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । धनकुटाबाट छिन्ताङतर्फ जाँदै गरेको को १ ज २०६५ नम्बरको पिकअप आज अपरान्ह करिब ४ बजे दुर्घटना भएको हो । दुर्घटनामा पिकअप चालक सहिदभूमि-७ का ३४ वर्षीय दिपेन्द्र राई, उनकी श्रीमती २३ वर्षीया टबिना राई र धनकुटा-६ सरस्वती चोककी ३२ वर्षीया इसु राई घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर उपचारका लागि धनकुटा जिल्ला अस...
धनकुटा नगरपालिका ४ को वडा कार्यालय भवन उद्‌घाटन

धनकुटा नगरपालिका ४ को वडा कार्यालय भवन उद्‌घाटन

धनकुटा । धनकुटा नगरपालिका वडा नं.४ को कार्यालय भवन उद्‌घाटन गरिएको छ । जिल्ला प्रशासन कार्यालय नजिक ६५ लाखको लागतमा निर्माण गरिएको दुई तले वडा कार्यालय भवन बुधबार उद्‌घाटन गरिएको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले शिलालेखको पर्दा उघारेर भवन उद्‌घाटन गरेका छन् । सो अवसरमा बोल्दै नगर प्रमुख तामाङले आफ्नै भवनबाट सेवा प्रवाह गर्दा थप सहज हुने धारणा राखे । जनतालाई छिटो छरितो र सहज रुपम...
नेपाल फर्मास्युटिकल एशोसिएसन कोशीले मनायो विश्व फर्मासिस्ट दिवस

नेपाल फर्मास्युटिकल एशोसिएसन कोशीले मनायो विश्व फर्मासिस्ट दिवस

विराटनगर । नेपाल फर्मास्युटिकल एशोसिएसन कोशी प्रदेशले विश्व फर्मासिस्ट दिवस मनाएको छ । विराटनगरमा प्रभातफेरी, रक्तदान तथा अन्तरक्रिया कार्यक्रम गर्दै एशोसिएसनले दिवस मनाएको हो । एशोसिएसन कोशी प्रदेश अध्यक्ष शम्भु शाहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि आन्तरिक मामिला तथा कानून मन्त्री  लिलावल्लभ अधिकारी थिए । मन्त्री अधिकारीले औषधीसम्बन्धी जनगुनासाहरू व्यापक आउने गरेको बताए । उनले यस क...
धनकुटामा अकबरे खोर्सानीको बोट मर्न थालेपछी कृषक चिन्तित

धनकुटामा अकबरे खोर्सानीको बोट मर्न थालेपछी कृषक चिन्तित

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका-७ राम्चेका तारा कुमार कार्कीले अकबरे खोर्सानीबाट राम्रो आम्दानी गर्न थालेका थिए । करिब एक हजार पाँच सय बिरुवा लगाएका उनले हप्तामा ७० किलोसम्म खोर्सानी बिक्री गर्थे । तर सबै बोट बारीमा नै मरेपछि उनलाई चिन्ता थपिएको छ । डाँठ कुहिने, कालो हुने र बोटै मर्ने गरेको उनले सुनाए । उनले भने, ‘पहिला सामान्य समस्या देखिएको थियो । अहिले सबै बोट मरेर सखाप भए । आम्दानीको ...
विराटनगर र सिमरा उडेका यती एयरलाइन्सका दुई विमान काठमाडौं फर्काइयो

विराटनगर र सिमरा उडेका यती एयरलाइन्सका दुई विमान काठमाडौं फर्काइयो

काठमाडौं । काठमाडौंबाट विराटनगर र सिमरा उडेका यती एयरलाइन्सका दुई विमान काठमाडौंमा नै अवतरण गरिएको छ । मौसम खराब भएपछि सिमरा पुगेको र विराटनगरका लागि उडेको जहाज बीच बाटोबाटै फर्काइएको हो । प्रतिकुल मौसमका कारण आन्तरिक उडान प्रभावित भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार ‘इनरुट वेदर’ बिग्रिएकाले दुई विमान ‘डाइभर्ट’ गरिएको हो । अन्तराष्ट्रि...
सर्लाहीमा गोली हानेर पत्नीको हत्या

सर्लाहीमा गोली हानेर पत्नीको हत्या

सर्लाही । सर्लाहीमा एक युवाले गोली प्रहार गरि पत्नीको हत्या गरेका छन् । गएराति हरिपुर्वा नगरपालिका-५ का ३० वर्षीय धिरेन्द्र रायले २५ वर्षीया पत्नी चित्रलेखालाई गोली हानेका थिए । गोली लागेर चित्रलेखाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । गोली प्रहारबाट बुबा ५३ वर्षीय दिनेश राय घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गोली प्रहार पश्चात फरार भए...
सुनको मूल्यमा नयाँ किर्तिमान

सुनको मूल्यमा नयाँ किर्तिमान

विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । आज प्रतितोला तीन सय रुपैयाँले बढेर सुनको मूल्यले पुनः नयाँ किर्तिमान बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ६० हजार सात सय रुपैयाँ पुगेको छ । हिजो सुन तोलामा एक लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य एक हजार नौ सय ५५ कायम भएको छ । चाँदी हिजो पनि यही मूल्यमा कारोबार भएको थियो ।
२०८१ असोज १० गते बिहीबार/आजको राशिफल

२०८१ असोज १० गते बिहीबार/आजको राशिफल

बि.सं.२०८१ असोज १० गते बिहीबार ई.सं.२०२४ सेप्टेम्बर २६ नेपाल सम्वत् ११४४ ञंलागा नवमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण नवमी, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, परिधि योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५ः५४ बजे, सूर्यास्त साँझ ०५ः५५ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर दिशाको यात्रा गर...
धनकुटाको मानव मोबाइल पसलको ‘एक्सचेन्ज अफर’: बिग्रिएको सामान साटेर नयाँ लैजान पाइने

धनकुटाको मानव मोबाइल पसलको ‘एक्सचेन्ज अफर’: बिग्रिएको सामान साटेर नयाँ लैजान पाइने

धनकुटा । धनकुटाको मदनचोकस्थित मानव मोबाइल पसलले बिग्रिएको समानसमेत साट्न पाइने गरी ‘एक्सचेन्ज अफर’ ल्याएको छ । दशैंको अवसर पारेर सो पसलले मोबाइल, टिभी र फ्रिजको एक्सचेन्ज अफर ल्याएको हो । पुरानो, बिग्रिएको, फुटेको जस्तो सुकै सामान पनि एक्सचेन्ज गरिने मानव मोबाइल पसलका सञ्चालक रमेश पौडेल बताउँछन् । ‘पुरानो, टुटेफुटेको वा बिग्रिएको जस्तो सुकै टिभी, फ्रिज र मोबाइल साटेर नयाँ लैजान सक्नुहुन्छ,’ पौड...
मोरङको ग्रामथानमा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङको ग्रामथानमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ मा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । आज दिउँसो करेन्ट लागेर ५० वर्षीय जगदीश सरदारको मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा सरदारलाई करेन्ट लागेको थियो । मृतक सरदारको शवलाई पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरमा ल्याइएको छ । घटनाका सम्बन्धमा...
१६ सय किलो गाँजा समाउने खापुङ बने कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी 

१६ सय किलो गाँजा समाउने खापुङ बने कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी 

विराटनगर । प्रहरी जवान टिकाराज खापुङ भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । विभागीय मूल्यमान्यता पालना गरी उच्च मनोबलका साथ कर्तव्य निर्वाह गरेको भन्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुहमा कार्यरत खापुङले भदौ ६ गते सुनसरीको धरान उपमहानगरपालिका बाट ठूलो परिणाममा गाँजा नियन्त्रणमा लिएका थिए । धनकुटाबा...
यातायात कार्यालय इटहरीबाट नक्कली डाक्टरसहित १७ जना पक्राउ 

यातायात कार्यालय इटहरीबाट नक्कली डाक्टरसहित १७ जना पक्राउ 

विराटनगर । यातायात कार्यालय इटहरीबाट नक्कली डाक्टरसहित १७ जना पक्राउ परेका छन् । सेवाग्राहीहरूलाई दुःख दिएको गुनासो आएपछि अनुगमनमा पुगेको जिल्ला प्रशासन कार्यालय सुनसरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।  पक्राउ परेका व्यक्तिहरूको बारेमा थप खुल्न बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी एवम् प्रवक्ता बेद राज फुयलले संगालोखबरलाई जानकारी दिए । को–को पक्राउ परे भन्ने खुल्न बाँकी रहेको र उनीहरूला...
विराटनगरको साइकल सोरुममा आगलागी (भिडियोसहित)

विराटनगरको साइकल सोरुममा आगलागी (भिडियोसहित)

विराटनगर । विराटनगर महानगरपालिका–२ मुनालपथस्थित भाव्या इन्टरनेशनल सोरुममा आज दिउँसो आगलागी भएको छ । इलेक्ट्रिक साइकल र सीटी सफारी बिक्री गरिदै आएको सोरुममा आगो लागेको हो । दिउँसो करिब २ः३० बजेबाट आगलागी सुरु भएको थियो । दमकलको सहायतामा प्रहरी र स्थानीयवासीले करिब एक घण्टा लगाएर आगो नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । ब्याट्रीहरू पड्किएकाले आ...
error: Content is protected !!