२०८१ असोज १५ गते मङ्गलबार/आजको राशिफल

२०८१ असोज १५ गते मङ्गलबार/आजको राशिफल

बि.सं.२०८१ असोज १५ गते मङ्गलबार ई.सं.२०२४ अक्टोबर ०१ नेपाल सम्बत ११४४ ञंलागा चर्तुदशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण चर्तुदशी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, शुक्ल योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५ः५६ बजे, सूर्यास्त साँझ ०५ः४९ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँ...
पेट्रोलियम पदार्थको भाउ घट्यो

पेट्रोलियम पदार्थको भाउ घट्यो

काठमाडौं । पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको भाउ घटेको छ । नेपाल आयल निगमले आज पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनमा प्रतिलिटर ६ रुपैयाँका दरले मूल्य घटाएको हो । घटेको मूल्य आज राती १२ बजेबाट लागू हुने निगमले जनाएको छ । ठाउँ अनुसार पेट्रोलियम पदार्थको मूल्य फरक-फरक पर्ने गरेको छ । मूल्य घटेपछि विराटनगर, चारआली, अमलेखगञ्ज, जनकपुर, नेपालगञ्ज, ...
मोरङको छुट्टाछुट्टै स्थानमा तीन जनाको शव भेटियो 

मोरङको छुट्टाछुट्टै स्थानमा तीन जनाको शव भेटियो 

विराटनगर । मोरङको छुट्टाछुट्टै स्थानमा तीन जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार खोलाले बगाएर ल्याउँदै गरेको र डुबेको अवस्थामा आज उनीहरूको शव भेटिएको हो । कानेपोखरी र ग्रामथानमा दुई जना पुरुष मृत फेला परेका हुन् भने विराटनगरको सिङ्घिया खोलामा बगाउँदै गरेको अवस्थामा एक महिलाको शव फेला परेको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले संगालोखबरलाई जानकारी दिए । कानेपोखरी गाउँपालिका...
४४ अङ्कले बढ्यो नेप्से

४४ अङ्कले बढ्यो नेप्से

विराटनगर । आज सेयर बजार परिसूचक नेप्से बढेको छ । नेप्से ४४.४५ अङ्कले बढेर दुई हजार पाँच सय आठ दशमलव ८६ विन्दुमा पुगेको छ । विकास बैङ्क, फाइनान्स, होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको सेयर उच्च अङ्कले बढेको छ । सीईडीबी हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । यस्तै कुमारी सबल योजना, युनाइटेड मोदी हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट र सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको सेयर नौ प्रतिशतले ...
धनकुटाको छिन्ताङ जाल्पादेवी मन्दिर, जहाँ साँझ परेपछि पुजा गरिन्छ 

धनकुटाको छिन्ताङ जाल्पादेवी मन्दिर, जहाँ साँझ परेपछि पुजा गरिन्छ 

धनकुटा । विशेषगरी मन्दिरमा बिहानको समयमा पूजाआजा गर्ने गरिन्छ । तर एउटा यस्तो मन्दिर छ, जसलाई साँझ परेपछि मात्रै पूजाआजाका लागि खुला गरिन्छ । जुन मन्दिर धनकुटाको सहिदभूमि गाउँपालिका-३ मा अवस्थित छ । छिन्ताङ जाल्पादेवी माता साँझ परेपछि मात्रै पूजाआजाका लागि खुला गरिने चर्चित मन्दिर हो । यस मन्दिरमा साँझ ५ बजेपछि मात्रै पूजाआजा गरिन्छ । मन्दिरको आफ्नो छुट्टै विशेषता भएकाले साँझको समयमा मात्रै खुल...
विराटनगरमा बृहत्तर खानेपानी परियोजना सञ्चालनका लागि परीक्षण सुरु

विराटनगरमा बृहत्तर खानेपानी परियोजना सञ्चालनका लागि परीक्षण सुरु

विराटनगर । विराटनगरमा बृहत्तर खानेपानी परियोजना सञ्चालनका लागि पाइपलाइन परीक्षणको काम सुरु गरिएको छ । विराटनगर-८ बाट पाइपलाइन विस्तारको परीक्षण सुरु गरिएको महानगरपालिकाले जनाएको छ । परियोजनाका इन्जिनियर अरविन्द कर्णका अनुसार परीक्षणका लागि दुई/तीन पिस पाइप बिछ्‌याएर पुरिनेछ । त्यसपछि आवतजावतमा समस्या हुने नहुने, पाइपको सुरक्षाको अवस्थालगायत तोकिएको सबै मापदण्ड हेरिनेछ । सबै परीक्षण पूरा गरेपछि...
पहिलो पटक लगानी सम्मेलन गर्दै कोशी प्रदेश सरकार

पहिलो पटक लगानी सम्मेलन गर्दै कोशी प्रदेश सरकार

विराटनगर । कोशी प्रदेश सरकारले पहिलो पटक लगानी सम्मेलन गर्ने भएको छ । निजी क्षेत्रको सहकार्य र समन्वयमा सम्मेलन गर्ने सरकारको तयारी छ । हिजो कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यसको अवधारणा पारित गर्दै मिति तय गरेको हो । जसअनुसार आगामी माघ ११, १२ र १३ गते लगानी सम्मेलन हुने भएको हो । कोशी प्रदेश सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरे अनुसार कार्यक्रमलाई अगाडि बढ...
बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको सङ्ख्या १९३ पुग्यो

बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको सङ्ख्या १९३ पुग्यो

विराटनगर । देशभर बाढी, पहिरो र डुबानमा परेर मृत्यु हुनेको सङ्ख्या एक सय ९३ पुगेको छ । नेपाल प्रहरीका अनुसार अझै देशभर ३१ जना बेपत्ता छन् । प्रहरीका अनुसार अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेको र बाटो खुलाउने प्रयास भइरहेको छ । बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ ...
बुधबारदेखि पुनः पानी पर्ने, कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना

बुधबारदेखि पुनः पानी पर्ने, कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर । पर्सि बुधबारदेखि पुनः वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाका...
प्रकाश तामाङको कृषिकर्म गर्ने चाहना पुरा गर्न पूर्वमुख्यमन्त्री राईद्वारा जग्गा सहयोग

प्रकाश तामाङको कृषिकर्म गर्ने चाहना पुरा गर्न पूर्वमुख्यमन्त्री राईद्वारा जग्गा सहयोग

भोजपुर । ३५ वर्षपछि परिवारको सम्पर्कमा आएका प्रकाश तामाङलाई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले जग्गा सहयोग गरेका छन् । तामाङले कृषि पेसामा आवद्ध हुने इच्छा देखाएपछि राईले पाँच रोपनी तीन आना जमिन तामाङको नाममा पास गरिदिएका हुन् । राईले जग्गासँगै एक थान हाते ट्याक्टर र एक हल गोरु समेत सहयोग गरेका छन् । पूर्वमुख्यमन्त्री राईसँगको भेटमा प्रकाशले भोजपुरमै बसेर कृषि पेसामा संलग्न हुने तर आफू...
तोलामा एक सयले घटेको सुन कतिमा हुँदैछ कारोबार ?

तोलामा एक सयले घटेको सुन कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक सय रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँ कायम भएको छ । हिजो सुन तोलामा एक लाख ६० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा एक हजार नौ सय ४० रुपैयाँ कायम भएको छ ।
२०८१ असोज १४ गते सोमबार/आजको राशिफल

२०८१ असोज १४ गते सोमबार/आजको राशिफल

बि.सं.२०८१ असोज १४ गते सोमबार ई.सं.२०२४ सेप्टेम्बर ३० नेपाल सम्वत् ११४४ ञंलागा त्रयोदशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण त्रयोदशी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, शुभ योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५ः५६ बजे, सूर्यास्त साँझ ०५ः५० बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर...
राष्ट्र बैङ्कले दिन थाल्यो सुकिला नोट, कहिलेसम्म साट्न सकिन्छ ?

राष्ट्र बैङ्कले दिन थाल्यो सुकिला नोट, कहिलेसम्म साट्न सकिन्छ ?

विराटनगर । नेपाल राष्ट्र बैङ्कले आजदेखि सुकिला नोट सटहीको व्यवस्था मिलाएको छ । दशैँलाई लक्षित गरेर राष्ट्र बैङ्कले आफ्ना सबै कार्यालय र अन्य बैङ्क तथा वित्तीय संस्थाबाट सुकिला नोट सटहीको व्यवस्था मिलाएको हो । राष्ट्र बैङ्कका सहायक प्रवक्ता डा. डिल्लीराम पोख्रेलका अनुसार असोज २२ गतेसम्म मात्र सुकिला नोट सटही गर्न सकिने छ । नेपाल राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग, बैङ्किङ विभाग साथै विराटनग...
मानवीय सेवामा एकढिक्का भएर जुट्न आह्वान

मानवीय सेवामा एकढिक्का भएर जुट्न आह्वान

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले मानवीय सेवामा एकढिक्का भएर जुट्न आह्वान गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै राईले बाढी, पहिरो र डुबानबाट देशैभर ठूलो क्षति भएको भन्दै राहत, उद्दार तथा पुनःस्थापनाका लागि सबैजना एकजुट भएर लाग्न आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘बाढी पहिरोका कारण हुन पुगेको मानवीय क्षति प्रति गहिरो दुःख प...
एमाले कोशीद्वारा राहत, उद्धार र पुनःनिर्माणमा जुट्न सरकारको ध्यानाकर्षण

एमाले कोशीद्वारा राहत, उद्धार र पुनःनिर्माणमा जुट्न सरकारको ध्यानाकर्षण

विराटनगर । अविरल वर्षाका कारण जनधन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति भएको भन्दै यसको सामनामा जुट्न नेकपा एमाले कोशी प्रदेश कमिटीले अपिल गरेको छ । कमिटी अध्यक्ष घनश्याम खतिवडाले जारी गरेको विज्ञप्तिमा राहत, उद्धार र पुनःनिर्माणमा जुट्न तीनै तहको सरकार, राजनीतिक दल, सामाजिक सङ्घसंस्था र निजी क्षेत्रलाई आग्रह गरिएको छ । चाडपर्वको मुखमा पहिरोका कारण यातायात अवरुद्ध भएकाले तत्काल सडक सुचारु गर्दै घा...
बाढी, पहिरो र डुबानबाट भएको क्षतिप्रति कोशीका सभामुखद्वारा दुःख व्यक्त 

बाढी, पहिरो र डुबानबाट भएको क्षतिप्रति कोशीका सभामुखद्वारा दुःख व्यक्त 

विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बर बहादुर बिष्टले बाढी, पहिरो र डुबानबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । आज शोक वक्तव्य  जारी गर्दै सभामुख विष्टले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूलाई स्वास्थ्यलाभको कामना गरेका छन् । विपद् कुनै क्षेत्रविशेष समस्या नभएर सम्पूर्ण राष्ट्रको साझा पीडा भएको उल्लेख गर्दै सभामुख विष्टले राहत, उद्धार र पुर्नस्थापनाको लागि सबै एकजुट हुनुपर्ने बत...
कोशीमा बाढी, पहिरो र डुबानबाट हालसम्म १४ जनाको मृत्यु, आठ जना बेपत्ता 

कोशीमा बाढी, पहिरो र डुबानबाट हालसम्म १४ जनाको मृत्यु, आठ जना बेपत्ता 

विराटनगर । कोशी प्रदेशमा बाढी पहिरो र डुबानमा परेर १४ जनाको मृत्यु भएको छ । शुक्रबारदेखि हालसम्म १४ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । निरन्तरको वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परेर आठ जना बेपत्ता भएका छन् भने १३ जना घाइते भएका छन् । इलाममा एक, पाँचथरमा पाँच, धनकुटामा दुई, उदयपुरमा एक र सोलुखुम्बुमा पाँच जनाको मृत्यु भएको हो । पाँचथरमा पाँच, धनकुटामा दुई, ...
सप्तकोसी नदीमा घट्न थाल्यो पानीको बहाव, जोखिम कायमै 

सप्तकोसी नदीमा घट्न थाल्यो पानीको बहाव, जोखिम कायमै 

विराटनगर । ५६ वर्षयताकै सबैभन्दा बढी मापन गरिएको सप्तकोसी नदीको बहाव क्रमिक रूपमा घट्न थालेको छ । अहिले साढे १२ बजेको मापन अनुसार बहाव पाँच लाख नौ हजार आठ सय ७० क्युसेकमा झरेको छ । आज बिहान साढे ११ बजे गरिएको मापन अनुसार कोसीको बहाव ५ लाख ८२ हजार क्युसेकमा झरेको थियो । आज बिहान ३ बजे ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक बहाव मापन भएको थियो । आज बिहान ७ बजे छ लाख ५५ हजार तीन सय ७० क्युसेक मापन भएको...
तमोर नदीमा भेटियो दुई महिलाको शव

तमोर नदीमा भेटियो दुई महिलाको शव

धनकुटा । तमोर नदीमा आज बिहान दुई महिलाको शव फेला परेको छ । धनकुटाको साँगुरीगढी–७ बुढीमोरङ र चौबिसेको फलामेटार नजिक शव फेला परेको हो । मुलघाट नजिक तमोर नदी किनारमा बिहान करिब ५ बजे शव देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली गएर शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको धनकुटाका प्रहरी निरीक्षक विश्व खड्काले जानकारी दिए । करिब ३०/३५ वर्षीय जस्तो देखिने मङ्गोलिय...
खुलेको मौसममा यस्तो देखियो धनकुटा (फोटो फिचर)

खुलेको मौसममा यस्तो देखियो धनकुटा (फोटो फिचर)

धनकुटा । धनकुटाको मौसम आजबाट खुलेको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण जनजिवन प्रभावित भइरहेको बेला आज बिहानैबाट धनकुटाको मौसममा सुधार भएको हो । अहिले धनकुटामा घाम लागेको छ । मौसममा सुधार आएसँगै धनकुटाको जनजिवन सामान्य बन्दै गएको छ । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर 
धादिङको झ्याप्ले खोलाको पहिरोबाट २७ जनाको शव निकालियो, उद्दार कार्य जारी 

धादिङको झ्याप्ले खोलाको पहिरोबाट २७ जनाको शव निकालियो, उद्दार कार्य जारी 

काठमाडौं । धादिङको धुनीबेँसी नगरपालिका-९ स्थित झ्याप्ले खोलाको पहिरोमा पुरिएको अवस्थामा २७ जनाको शव निकालिएको छ । हिजो राति १४ जनाको शव निकालिएको थियो भने आज १३ जनाको शव निकालिएको छ । योसँगै उक्त पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । पहिरोमा बस र माइक्रो बस पुरिएको बताइएको छ । उक्त स्थानमा अहिले उद्दारको कार्य जारी रहेको छ ।
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । आज सुनको मूल्य घटेको छ । आज प्रतितोला ६ सय रुपैयाँले घटेर सुन तोलामा एक लाख ६० हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुन प्रतितोला एक लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च थियो । आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा एक हजार नौ सय ४५ कायम भएको छ ।
सप्तकोसी नदीमा पानीको बहाव ५६ वर्ष यताको सबैभन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५६ वर्ष यताको सबैभन्दा बढी

सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार ५ सय ४० क्युसेक पुगेको छ । यो ५६ वर्ष यताको सबैभन्दा बढी हो । आज बिहान ३ बजे गरिएको मापन अनुसार पानीको बहाव निरन्तर बढिरहेको पाइएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । जलसतह खतरा तहभन्दा ११.२६ मिटरमाथि पुगिसकेको छ । ब्यारेजका ५६ वटै ढोका खोलिएका छन् । तरपनि कोशी ब्यारेजमा पुल माथिबाट पानी बगिरहेको छ । यसअघि सन् १९६८ अक्टोबर ५ तार...
२०८१ असोज १३ गते आइतबार/आजको राशिफल

२०८१ असोज १३ गते आइतबार/आजको राशिफल

बि.सं.२०८१ असोज १३ गते आइतबार ई.सं.२०२४ सेप्टेम्बर २९ नेपाल सम्वत् ११४४ ञंलागा द्वादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण द्वादशी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, साध्य योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५ः५५ बजे, सूर्यास्त साँझ ०५ः५२ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको य...
बाढी, पहिरो र डुबानमा परेर हालसम्म ८७ जनाको मृत्यु, ७२ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परेर हालसम्म ८७ जनाको मृत्यु, ७२ जना बेपत्ता

विराटनगर । भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर ८७ जनाको मृत्यु भएको छ । केहीबेर अगाडिसम्मको विवरण अनुसार ८७ जनाको मृत्यु भएको छ भने ७२ जना बेपत्ता भएका छन् । काठमाडौंमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ । यस्तै कोशी प्रदेशमा १० र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता कुमार न्यौपानेले जानकारी दिए । कोशी प्रदेशमा नौ, म...
धनकुटाको पाख्रिबासमा पहिरोले गोठ बगायो 

धनकुटाको पाख्रिबासमा पहिरोले गोठ बगायो 

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका-६ स्थित माझ गाउँमा पहिरोले गोठ बगाएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण गएराति पहिरोले गोठ बगाउँदा पशुचौपाय मरेका छन् । गोठमाथिबाट झरेको पहिरोले स्थानीय ६४ वर्षीय आसपती तामाङको गोठमा रहेको एउटा राँगो, दुईवटा बाख्रा र एउटा खसी मरेका वडाध्यक्ष देवेन्द्र गुरागाइँले जानकारी दिए । त्यस्तै टोलका अन्य बस्ती समेत जोखिममा रहेका छन् । जोखिममा रहेका करिब एक द...
बाढी पहिरोबाट प्रभावितलाई तत्काल उद्धार गर्न माओवादीको आग्रह

बाढी पहिरोबाट प्रभावितलाई तत्काल उद्धार गर्न माओवादीको आग्रह

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न आग्रह गरेको छ । माओवादीका अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । कोशीमा आधा दर्जन व्यक्तिहरूको ज्यान गएको, ८ जनाभन्दा बढी बेपत्ता भएका, कयौँ मानिस घाइते भएका र लाखौंको क्षति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । कैयौं मानिसहर...
कोशी सरकारले ऐतिहासिक चलचित्र ‘नालापानी’ को प्रवर्द्धनमा सहयोग गर्छ : मुख्यमन्त्री कार्की 

कोशी सरकारले ऐतिहासिक चलचित्र ‘नालापानी’ को प्रवर्द्धनमा सहयोग गर्छ : मुख्यमन्त्री कार्की 

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ऐतिहासिक चलचित्र ‘नालापानी’ हेर्न सबैलाई आग्रह गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सभाहलमा चलचित्र हेरिसकेपछि कार्कीले यस्तो आग्रह गरेका हुन् । ऐतिहासिक घटनामा आधारित चलचित्र भएका कारण इतिहास थाहा पाउन पनि यो चलचित्र सबैले हेर्नै पर्ने मुख्यमन्त्री कार्कीले बताए । मुख्यमन्त्री कार्कीले ‘नालापानी’ चलचित्रको प्रवर्द्धनका लागि...
जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित रहन एमाले जिल्ला कमिटी धनकुटाको आग्रह

जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित रहन एमाले जिल्ला कमिटी धनकुटाको आग्रह

धनकुटा । नेकपा एमाले जिल्ला कमिटी धनकुटाले पहिरोको जोखिम भएका स्थानका बासिन्दालाई समयमै सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै जोखिम भएका ठाउँका बासिन्दालाई सुरक्षित रहँदै समयमै सम्बन्धित निकायमा खबर गर्न आग्रह गरेको हो । अध्यक्ष शिव आङ्गला लिम्बुद्वारा जारी विज्ञप्तिमा अविरल वर्षाका कारण सिङ्गो देशमा नै ठूलो जनधनको क्षति भएको भन्दै पीडितको उद्धारमा खट्न सबैल...
मोरङमा बाढी र डुबानबाट सय बढी घरपरिवार विस्थापित 

मोरङमा बाढी र डुबानबाट सय बढी घरपरिवार विस्थापित 

विराटनगर । निरन्तरको वर्षासँगै आएको बाढी र डुबानका कारण विराटनगरसहित मोरङका विभिन्न स्थानमा एक सय बढी परिवार विस्थापित भएका छन् । विराटनगर, कटहरी, रंगेली, धनपालथान र जहदाका एक सय बढी परिवार विस्थापित भएका हुन् । रंगेली नगरपालिका-२ लक्ष्मीपुरमा १६ र रंगेली नगरपालिका--९ मा २२ परिवार विस्थापित भएका प्रहरीले जनाएको छ । यस्तै विराटनगर महानगरपालिका-२ र कटहरी गाउँपालिका-१ मा पनि बाढीका कारण केही घर पर...
जल सतह बढेपछि कोशी ब्यारेजका सबै ढोका खोलियो

जल सतह बढेपछि कोशी ब्यारेजका सबै ढोका खोलियो

सुनसरी । सप्तकोसी नदीमा जल सतह बढेपछि सबै ढोका खोलिएको छ । पहाडी तथा तराईका जिल्लामा अत्यधिक वर्षा भएसँगै सप्तकोसी नदीको बहाव उच्च बनेको हो । आज बिहान ९ बजेसम्म ४ लाख ४९ हजार ६ सय ८० क्युसेक प्रतिसेकेण्ड मापन गरिएको छ । पानीको बहाव उच्च भएसँगै थप सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए । नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । बहाव बढिरहे...
error: Content is protected !!