आफ्नै जग्गामा धान रोप्न नपाएकी वृद्धामाथि देवर र भतिजाहरूद्वारा निर्घात कुटपिट
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-५ अमाहीबेल्हा की ७३ वर्षीया वृद्धा सुगियादेवि मेहता असार २३ गते मंगलबार बिहान ११ बजे आफ्नो खेतमा पुग्छिन् । आफ्नो जग्गामा देवरले धान रोप्ने तयारी थालेपछी त्यसो नगरिदिन आग्रह गर्दै त्यहाँ पुगेकी उनीमाथि निर्घात कुटपिट हुन्छ ।
उनलाई देवर गोविन्द मेहता र गोविन्दका दुई छोरा रूपेश र सञ्जितले निर्घात कुटपिट गर्छन् । उनले त्यसको प्रतिकार गर्न सकिनन् । कुटपिटबाट उनी...






























