
खोटाङ । खोटाङमा खहरे खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । शनिबार साँझ आएको बाढीले बगाउँदा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका-४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियारको मृत्यु भएको हो ।
प्रहरीका अनुसार राईलाई स्थानीय छाँगे खोलाले बगाएको थियो । आफन्तको घरमा गएकी उनी फर्किन ढिलो भएपछि खोज्ने क्रममा खोलामा मृत फेला परेकी हुन् ।
गाईखुरे खोल्सीमा आएको बाढीले बगाउँदा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । खोजतलास गर्ने क्रममा परियारको शव करिब सय मिटर तल फेला परेको हो ।

संगालोखबर 



















