
सर्लाही । सर्लाहीको मलंगवामा एक युवक प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका छन् ।
गोडैता नगरपालिका-९ बकैनियाका अन्दाजी २४ वर्षीय अफसर आलम हुसेन आज बिहान मलंगवा नगरपालिका-९ स्थित नेपाल टेलिकम कार्यालय परिसरभित्रको टावरमा चढेका हुन् ।
टावरमा पुगेपछि हुसेनले आफ्ना एक साथीलाई फोन गरी आफू माथि रहेको जानकारी दिएका थिए । त्यसपछि घटनाबारे प्रहरीलाई खबर पुगेको थियो ।
प्रहरीका अनुसार हुसेनले आफ्नी प्रेमिकालाई घटनास्थलमा बोलाइदिनुपर्ने र उनीसँग विवाह गर्न पाउनुपर्ने माग राख्दै टावरबाट हामफाल्ने चेतावनी दिएका थिए ।
प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उनलाई सुरक्षित उद्धार गरेको छ । घटनाको वास्तविक कारणबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 



















