विराटनगरमा युवकद्वारा आत्मदाह प्रयास, प्रहरीले गर्याे सकुशल उद्धार
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाह प्रयास गरेका छन् । सप्तरीको तिलाडी कोइलाडी गाउँपालिका-१ घर भइ विराटनगर महानगरपालिका-१३ मा डेरा बस्दै आएका ३५ वर्षीय सञ्जीव झाले आज अपरान्ह आत्मदाह प्रयास गरेका हुन् ।
आत्मदाहको प्रयास गरेका युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । प्रहरीका अनुसार उनी विराटनगर-१३ स्थित नरेश खरेलको घरमा डेरा बस्दै आएको खुलेको छ ।
पत्नीसँगको झगडापछि शरीरमा पेट्रोल छर्किएर झा...






























