विराटनगरको शिक्षादीप कलेजले गर्याे १२५ विद्यार्थीलाई सम्मान
विराटनगर । विराटनगरको शिक्षादीप कलेजले कला, खेलकुद तथा आन्तरिक परीक्षामा उत्कृष्ट हुने १ सय २५ विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
ललितकला संगमले गरेको जिल्ला स्तरीय प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थी, जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताका ‘फस्ट रनरअप’ हुने र बास्केटबल खेलाडी विद्यार्थीलाई सम्मान गरिएको हो ।
त्यस्तै कलेजको प्रि–इञ्जिनियरिङ तथा प्रि–मेडिकलको परीक्षा र कक्षा ११ र १२ को...
































