
विराटनगर । कोशी प्रदेशसभाको बैठकले ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेको छ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्ताव सभाबाट सर्वसम्मत पारित भएको हो ।
विधेयकको संशोधन प्रस्तावमाथि छलफल भई तयार भएको प्रतिवेदन न्याय प्रशासन तथा विधायन समितिका तर्फबाट सभापति कमला दर्नालले सभामा प्रस्तुत गरेकी थिइन् ।
विधेयक पारित भएसँगै कोशी प्रदेश सरकारले प्रदेशभित्र पत्रकारको क्षमता विकास र मिडियाको संस्थागत विकासका लागि काम गर्न प्रदेश सञ्चार प्रतिष्ठान गठन गर्ने बाटो खुलेको छ ।


संगालोखबर 






















