संगालोखबर

धनकुटा । धनकुटास्थित सघन शहरी तथा भवन निर्माण आयोजनामा कार्यरत इन्जिनियरसहित तीन कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सबइन्जिनियर रविन श्रेष्ठलाई पक्राउ गरेको हो ।

Advertisement

सेवाग्राहीबाट घुस लिएको ८५ हजार नगदसहित इन्जिनियर राईलाई ललितपुरबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ । यसैगरी, लेखा अधिकृत कार्कीलाई धनकुटा र इन्जिनियर श्रेष्ठलाई भोजपुरबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका-५ को विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी प्रकृयाका क्रममा उनीहरूले सेवाग्राहीलाई विभिन्न बहानामा दुख दिई घुस मागेको आरोप छ ।

सो विषयमा उजुरी परेपछि पछ्याएको अख्तियारको टोलीले घुस लिएको रकमसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार उनीहरूको साथबाट घुस रकमसहित तीन थान मोबाइल र विभिन्न कागजात बरामद भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!