संगालोखबर

विराटनगर । महिला क्रिकेटको विकास गर्ने उद्देश्यका साथ विराटनगरमा आजदेखि पाँचौँ संस्करणको इक्वालिटी कप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

Advertisement

नेपाल क्रिकेट फाउण्डेसनको आयोजना तथा म्यारिलिबोन क्रिकेट क्लब फाउण्डेसन, क्रिकेट विथआउट बाउण्ड्रीज र क्रिकेट युनाइटेडको सहयोगमा विराटनगरको मेरिलेवोन ज्वाला क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगर हव र राजविराज हव विजयी भएका छन् ।

पहिलो खेलमा विराटनगरले आयाजकको एनसीएफ ११ लाई ६० रनको फराकिलो अन्तरले पराजित गरेको छ । बिहीबार राति पानी परेको कारण १० ओभरमा खेलाइएको खेलमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै ८३ रनको योगफल तयार पारेको थियो ।

विराटनगरकी प्रिन्सा राना मगरले २७ रन बनाउँदा सुवेक्षा लिम्बुले १४ रन बनाइन् । एनसीएफकी अनिषा थापाले २ विकेट लिँदा कप्तान झरना घिमिरे र रोजु परियारले १–१ विकेट लिए ।

८४ रनको लक्ष्य पाएको एनसीएफले पुरै ओभर खेल्दै ६ विकेटमा २३ रन मात्र बनाउन सक्यो । एनसीएफकी शकुन्तला सहनीले सर्वाधिक अविजित १० रनको योगदान दिइन् । विराटनगरकी प्लेयर अफ म्याच सुवेक्षा लिम्बुले ३ विकेट लिँदा कप्तान सानु राजवंशीले १ विकेट लिइन् ।

दोस्रो खेलमा राजविराज हवले सिरहा हवलाई ७ विकेटले पराजित गरेको छ । टस हारे ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरको खेलमा ११ दशमलव ४ बलमा सवै विकेट गुमाउँदै ३८ रनमा सिमित भयो ।

सिरहाकी कप्तान सरस्वती चौधरीले सर्वाधिक अविजित १३ रन बनाइन् । राजविराजकी कप्तान प्लेयर अफ म्याच साक्षी यादवले ६ विकेट लिँदा दिपा राम, अपेक्षा यादव र बन्धना रजकले १–१ विकेट लिए । साक्षीले किफायती बलिङ गर्दै ४ ओभरमा १४ रन मात्र दिइन् ।

३९ रनको झिनो लक्ष्य पाएको राजविराजले १० दशमलव ३ बलमा ३ विकेट गुमाउँ सो लक्ष्य पार गरेको थियो । राजविराजकी कप्तान साक्षी यादवले सर्वाधिक १५ रनको योगदान दिइन् । सिरहाकी कप्तान सरस्वती चौधरीले १ विकेट लिँदा प्रसिधिका खड्का र मिना महतोले पनि १–१ विकेट लिए ।

चैत ३० गतेसम्म हुने प्रतियोगितामा कोशी प्रदेशका विराटनगर हब तथा पथरी, इटहरी, धनकुटा र उदयपुरबाट संयुक्त टोली आयोजक एनसीएफ ११ र मधेस प्रदेशका राजविराज तथा सिरहाका दुई टोली सहभागी छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!