संगालोखबर
फाइल तस्बिर

विराटनगर । विराटनगरमा जारी ३८ औं विराट गोल्डकप फुटबल प्रतियोगितामा आज काठमाडौंको चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच खेल हुनेछ ।

खेल साँझ ६ बजेबाट विराटनगरको सहिद रंगशालामा सुरु हुनेछ । शनिबार भएको उद्‌घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मीलाई २-१ गोल अन्तरले पराजित गर्दै झापा-११ ले सेमिफाइनलको यात्रा तय गरेको छ ।

Advertisement

वैशाख ५ गतेसम्म चल्ने यस रात्रिकालीन प्रतियोगितामा नेपाल र भारतका प्रतिष्ठित ८ टिमको सहभागिता छ ।

विराट गोल्डकप ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीका अनुसार प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार र अन्य विधागत उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!