संगालोखबर


विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आठौं प्रदेश सभा सुरु भएको छ । विराटनगरमा सुरु भएको प्रदेश सभाको महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्‌घाटन गरेको छन् ।

उद्‌घाटन सत्रमा कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रदेशको समग्र आर्थिक अवस्था, निजी क्षेत्रले झेल्नुपरेका चुनौती र आगामी कार्यदिशा समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । राउतले नेपाली अर्थतन्त्रको वर्तमान स्वरूप र निजी क्षेत्रको मनोबल खस्कँदै गएको प्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

Advertisement

‘कुल गार्हस्थ उत्पादनको करिब २५ प्रतिशत अनुपात रेमिट्यान्समा निर्भर हुनु हाम्रो अर्थतन्त्रका लागि ठुलो चुनौती हो’, राउतले भने । विद्यमान अन्तर्राष्ट्रिय परिस्थिति र युद्धका कारण पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तुको मूल्य बढाउँदा सर्वसाधारणदेखि उद्योग व्यवसायसम्मलाई प्रत्यक्ष असर परेको उनले बताए ।

अध्यक्ष राउतले हरेक राजनीतिक वा सामाजिक आन्दोलनको मार निजी क्षेत्रले खेप्नुपरेको उल्लेख गरे । व्यवसायीलाई नै समस्याको जडका रूपमा चित्रण गर्ने प्रवृत्तिले निजी क्षेत्र हतोत्साही बनेको उनको भनाइ थियो ।

आठौं प्रदेश सभाले महासंघको नयाँ नेतृत्वसमेत चयन गर्दैछ । आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष राजेन्द्र राउत र उद्योगी नवीन रिजालबीच प्रतिस्पर्धा हुने भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!