संगालोखबर


विराटनगर । दुर्घटना न्यूनिकरणका लागि विराटनगरमा सञ्चालित सिटी सफारीलाई थप व्यवस्थित गरिने भएको छ । सफारी चलाउन अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) अनिवार्य गर्न लागिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले आज विराटनगरमा आयोजना गरेको ‘नागरिक सुनुवाइ’ कार्यक्रममा यस्तो निर्णय गरिएको हो । बिना लाइसेन्स जथाभावी सफारी चलाउँदा सडक सुरक्षामा चुनौती थपिएको र दुर्घटनाको जोखिम बढेको भन्दै सरोकारवालाहरूले तत्काल कानुनी दायरामा ल्याउन अनुरोध गरे ।

Advertisement

चालकहरूलाई सहज रूपमा लाइसेन्स उपलब्ध गराउन यातायात सेवा व्यवस्था कार्यालय विराटनगरसँग समन्वय गरी आवश्यक प्रक्रिया मिलाइएको समेत जानकारी गराइएको थियो ।

सडकमा चालकको पहिचान स्पष्ट होस् भन्ने उद्देश्यले ट्राफिक प्रहरीले ‘सुरक्षित सवारी चालक’ लेखिएको विशेष ज्याकेट अनिवार्य गरिसकेको छ । अब लाइसेन्स नभएका र ट्राफिकले तोकेको ज्याकेट नलगाउने चालकलाई सफारी चलाउन रोक लगाइने जानकारी गराइएको छ ।

सडक दुर्घटना न्यूनीकरण गर्नका लागि अभियान थालिएको मोरङका ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए । उनले लाइसेन्स बिना सवारी नचलाउन आग्रह गर्दै अबका दिनमा नियमित जाँच र कारबाहीलाई तीव्रता दिइने स्पष्ट पारे ।

कार्यक्रमका अवसरमा सिटी सफारी चालकहरूलाई ‘सुरक्षित सवारी चालक’ लेखिएको ज्याकेट समेत प्रदान गरिएको थियो । विराटनगर महानगरपालिकाका नगर प्रहरी प्रमुख राजन पौडेलले सडक दुर्घटना न्यूनीकरणका लागि नियमको पालना गर्न आग्रह गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!