संगालोखबर


धनकुटा । धनकुटा नगरपालिका-३ र ६ को सिमानास्थित कागतेबाट १३ फिट लामो अत्यन्तै विषालु राजगोमन (किङ कोब्रा) सर्पको उद्धार गरिएको छ ।

समुद्री सतहबाट करिब १३ सय मिटर उचाइमा रहेको कागतेस्थित बोधप्रसाद वाग्लेको गोठबाट सर्पलाई शनिबार सुरक्षित रूपमा उद्धार गरिएको हो ।

Advertisement

धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवाका प्रदीप श्रेष्ठले जोखिमपूर्ण अवस्थाका बीच सर्पको उद्धार गरेका हुन् । स्थानीयको सूचनाका आधारमा पुगेका श्रेष्ठले सर्पलाई नियन्त्रणमा लिएपछि स्थानीयको त्रास हटेको छ ।

विगत ९ वर्षदेखि सर्प उद्धारमा सक्रिय श्रेष्ठका अनुसार राजगोमन पहाडी क्षेत्रमा विरलै देखिने प्रजाति हो । उनका अनुसार उद्धार गरिएको सर्पको तौल करिब १० किलो छ ।

उनले पछिल्लो दुई वर्षमा धनकुटाको महालक्ष्मी र पाख्रीबास लगायतका क्षेत्रबाट मात्रै पाँचवटा राजगोमनको उद्धार गरेर सुरक्षित स्थानमा छाडिसकेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!