संगालोखबर

विराटनगर । विराटनगरको आर्या न्युरो हस्पिटलमा जटिल ब्रेन ट्युमरको सफल उपचार भएको छ । सफल उपचारपछि धनकुटाका ४८ वर्षीय गंगाशेर राईले नयाँ जीवन पाएका छन् ।

Advertisement

राईका लागि विगत केही महिना निकै कष्टकर रह्यो । टाउको दुख्ने समस्याले सताउनु त छँदै थियो, विस्तारै उनको एउटा आँखामा पनि समस्या हुँदै गयो । रोगको पहिचान र उपचारको खोजीमा भौँतारिएका राई विराटनगरको कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटल आएर स्वास्थ्य परीक्षण गर्दा मस्तिष्कमा जटिल प्रकारको ट्युमर भएको पत्ता लाग्यो ।

त्यसपछि आर्या न्युरो हस्पिटलका वरिष्ठ न्यूरो सर्जन तथा निर्देशक डा. पंकजराज नेपालको नेतृत्वमा रहेको चिकित्सक टोलीले उनको उपचार सुरु गर्यो । डा. नेपालका अनुसार गंगाशेरको पिट्युटरी ग्ल्याण्ड मा ट्युमर पलाएको थियो । जसलाई चिकित्सकीय भाषामा ‘जायन्ट पिट्युटरी म्याक्रो एडेनोमा’ भनिन्छ ।

‘पिट्युटरी ग्ल्याण्ड हाम्रो शरीरको ‘मास्टर ग्ल्याण्डु हो, जसले शरीरका अन्य सबै ग्रन्थिहरूलाई नियन्त्रण गर्छ’, डा. नेपालले  भने, ‘यो ट्युमर निकै ठूलो भएर मस्तिष्कको माथिल्लो भागसम्म फैलिएको थियो ।’

ट्युमर पलाएको स्थान निकै संवेदनशील थियो । डा. नेपालका अनुसार पिट्युटरी ग्ल्याण्डको ठीक माथि आँखाको दृष्टि दिने ‘अप्टिक नर्भ’  र दुई नसाहरू जोडिने ‘अप्टिक कायाज्म’ हुन्छ । ट्युमरले ती नसाहरूलाई थिचेका कारण गंगाशेरको एउटा आँखामा समस्या हनु थालेको थियो ।

डा. नेपालको टिमले गरेको सफल शल्यक्रियाले अहिले उनलाई नयाँ जीवन दिएको छ । ‘हामीले शल्यक्रियामार्फत सबै ट्युमर निकाल्यौँ, अहिले उहाँको अवस्था निकै राम्रो’, डा. नेपालले थपे, ‘सबैभन्दा खुसीको कुरा, ट्युमरले थिचिएर गुमेको आँखाको ज्योति पनि अहिले फर्किएको छ ।’

सफल उपचारपछि राईको सोमबार डिस्चार्ज भएको छ । डिस्चार्जपछि राईको मुहारमा छुट्टै चमक छाएको छ । एक हप्ताको अस्पताल बसाइपछि घर फर्केका उनले आफूले आर्या न्युरोमा नयाँ जीवन पाएको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!