सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) धनकुटाको धवन शिलान्यास गरिएको छ । साकोसले आफ्नो १७ औं स्थापना दिवसको अवसरमा भवन निर्माण सुरु गरेको हो । आज एक कार्यक्रमका बीच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले विधिवत रूपमा भवनको शिलान्यास गरेका छन् ।

धनकुटा नगरपालिका-४, देब्रेबासस्थित लोकसेवा कार्यालय नजिकै संस्थाको आफ्नै जग्गामा भवन निर्माण हुन लागेको हो । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख तामाङले सहकारीको विकासका लागि नगरपालिका सधैँ सकारात्मक रहेको बताए ।

Advertisement

उनले आगामी आर्थिक वर्षको बजेटबाट भवन निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘भवन निर्माणका लागि आवश्यक पर्ने व्यक्तिगत र संस्थागत पहलकदमीमा मेरो पूर्ण साथ रहनेछ’, नगरप्रमुख तामाङले भने ।

संस्थाका अध्यक्ष रामचन्द्र गुरागाईंका अनुसार करिब १० आना जग्गामा ५० लाख रुपैयाँको अनुमानित लागतमा एक तले भवन निर्माण गर्न लागिएको हो । वि.सं. २०६६ सालमा स्थापना भएको यो संस्था हालसम्म भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो ।

संस्थाका सचिव रवीन्द्र न्यौपानेले वित्तीय संस्थाहरूको आफ्नै भवन हुँदा सदस्यहरूमाझ विश्वास बढ्ने र कार्यसम्पादनमा सहजता आउने विश्वास व्यक्त गरे । आफ्नै भवन निर्माण भएपछि हाल तिर्दै आएको भाडा बचत हुने र उक्त रकम संस्थाको सञ्चालनमा उपयोग गरिने जानकारी दिइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!