आजको मौसमः कतै वर्षा, कतै हावाहुरी
विराटनगर । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा कतिपय स्थानमा वर्षा भइरहेको छ । कोशी प्रदेशका केही क्षेत्रमा वर्षा भइरहेको छ भने तराई क्षेत्रमा वेगले हावा चलिरहेको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार कोशी, गण्डकी र बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने ...






























