प्रदेश १ मा थपिए ३३७ कोरोना संक्रमित, ३०९ संक्रमणमुक्त
विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३३७ जना कोरोना संक्रमित थपिएका छन् । ९२६ जनाको पीसीआर परीक्षण गर्दा १४५ महिला र १९२ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । मोरङमा १०७, झापामा ९५, सुनसरीमा ५०, पाँचथरमा ३२, उदयपुरमा २४, सोलुखुम्वुमा १३, संखुवासभामा ५, इलाममा ३, धनकुटा र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको व...

























