धनकुटामा १५ बर्षीया छोरीले गरिन् आमाको काजकिरिया
धनकुटा । काजकिरिया गर्न छोरा नै चाहिन्छ भन्ने संस्कारलाई चुनौति दिदैं धनकुटाकी एक वालिकाले मृत्यु भएकी आफ्नी आमाको काजकिरिया गरेकी छन् । धनकुटा–७ जिरोपइन्टकी १५ बर्षीया नुप्पु श्रेष्ठले आमाको काजकिरिया गरेकी हुन् ।
पिसावको समस्याका कारण उनकी आमा शान्ताको ४२ बर्षको उमेरमा जेठ २८ गते मृत्यु भएको थियो । धनकुटा जिल्ला अस्पतालमा उपचार हुँन नसकेपछि थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पुर्याइ...


























