झापामा एम्बुलेन्सको ठक्करबाट घाइते भएका स्कुटर चालकको मृत्यु
झापा । झापामा एम्बुलेन्सको ठक्करबाट घाइते भएका स्कुटर चालकको मृत्यु भएको छ । साउन ४ गते कन्काई नगरपालिका–३ स्थित सुरुङ्गा कुमरखोद सडकखण्डमा भएको दुर्घटनामा घाइते भएका २३ वर्षीय राजेश कार्कीको उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।
मे १ च १६५४ नंम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१५ प २१४८ नंम्बरको को स्कुटरलाई ठक्कर दिँदा झापा गाउँपालिका–६ का राजेश र उनकी श्रीमती २० वर्षीय...































