संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

पाँचथर । पाँचथरको तुम्बेवा गाँउपालिका–२ मेवागाँउमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । अन्न पिस्ने मिलबाट करेन्ट लाग्दा मिल सञ्चालक स्थानीय ३८ बर्षीय जीवन मगरको मृत्यु भएको हो ।

सोमबार दिउँसो करिब २ बजे चलिरहेको मिलमा अचानक विद्युत सर्ट भई करेन्ट लाग्दा मगर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा राती करिब ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

जीवनलाई करेन्ट लागेको थाहा पाएपछि उद्धार गर्ने क्रममा सोही स्थानका ३५ बर्षीय पुर्ण बहादुर मगर पनि घाइते भएका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!