- संगालोखबर सम्बाददाता

विराटनगर । १४ बर्षीया वालिकालाई भगाउँदा (भागि विहे गर्दा) विराटनगर १६ का एक युवा पक्राउ परेका छन् । मोरङको बुढीगंगा गाउँपालिका–२ की बालिकालाई भगाउँदा २१ बर्षीय विक्कु राय पक्राउ परेका हुन ।

रायले गत शुक्रबार घरमा कोही नभएको मौका छोपेर वालिकालाई भगाएर ल्याएका थिए । विवाह गर्ने उमेर नपुगी छोरीलाई भगाएर लगेको भन्दै वालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आइतबार दिउँसो रायलाई घरबाटै नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

कक्षा ९ मा पढ्दै गरेकी ती वालिकालाई रायको परिवारले गुपचुप रुपमा सिन्दुरपोतेसमेत गराइसकेको थियो । गाउँलेले पनि यो कुरा पत्तो पाएका थिएनन् । प्रहरीले घरबाटै राय र ती वालिकालाई नियन्त्रणमा लिएपछि गाउँले आश्चर्यचकित भएका थिए ।

पक्राउ परेका युवा वालिकाको घर छेउमा रहेको एक गार्मेन्टमा काम गर्दै आएका थिए । काममा जाँदा ती वालिकासँग चिनजान भई मोवाइल नम्बर साटासाट भएर कुराकानी हुँन थालेपछि उनीहरु नजिकिएर भागि विवाह गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!