संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका–१ सुकेपोखरीस्थित कोशी लोकमार्गमा आज बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक धनकुटा–१ का २९ बर्षीय बिजय तामाङ घाइते भएका हुन् ।

Advertisement

काँकडभिट्टाबाट तेह्रथुम जाँदै गरेको मे १ ख २९८१ नंम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–०४९ प २५९७ नंम्बरको मोटरसाइकल बिहान करिव साढे ११ बजे आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा घाइते भएका तामाङलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बस, चालक र मोटरसाइकल प्रहरी चौकी हिलेले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!