- संगालोखबर सम्वाददाता

झापा । झापाको कचनकवल गाउँपालिका–५ स्थित बेल्ले गाउँमा आज एउटै रुखमा तीन जना किशोरी झुण्डिएको अवस्थामा फेला परेका छन् । बिहान ७ बजे स्थानीय चिया बगानमा रहेको बयरको रूखमा झुण्डिएको अवस्थामा १६ वर्षीया करिना गणेश, कल्पना गणेश र १७ वर्षीया अञ्जली गणेशको शव भेटिएको हो ।

Advertisement

चिया बगानमा मजदुरी गर्दै आएका उनीहरु शनिबार बिहानदेखि बेपत्ता थिए । बिहान बगानमा काम गर्नेले शव देखेका हुन् । दुई जना गाईवस्तु बाँध्न प्रयोग हुने डोरी र एक जना सलमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले तीनै जनाको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी गरेको छ । प्रहरीका अनुसार प्रारम्भिक छानबिनमा उनीहरुले आत्महत्या गरेको हुनसक्ने आशंका गरिए पनि यकीन कारण खुलेको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!