- संगालोखबर सम्वाददाता
फायल तस्बीर

सुनसरी । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–४ मा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा धनुषाको बर्दिबास नगरपालिका–६ का ३० बर्षीय बालकृष्ण राना मगर छन् ।

बुधवार साँझ सुनसरीको ईनरुवाबाट लौकहीतर्फ जाँदै गरेको वीआर ११ वीपी ८०१२ नम्बरको स्कारपियोले विपरित दिशाबाट आउँदै गरेको ना.६३ प.४०७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

Advertisement

स्कारपियोको ठक्करबाट मगर घाइते भएका थिए । उनलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!