- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

धनकुटा । बलात्कार आरोपमा धनकुटाको महालक्ष्मी नगरपालिकाबाट १५ वर्षीय बालक पक्राउ परेका छन् । ८ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आइतबार बालकलाई पक्राउ गरेको हो ।

उनले असार २८ गते दिउँसो करिब १२ बजे महालक्ष्मी–७ स्थित लक्ष्मी खोलामा पौडी खेल्न जाने क्रममा ती बालिकामाथि बलात्कार गरेको आरोप छ । उनले बालिकालाई फकाएर मारेककटहरे सामुदायिक वनमा लगेर जबरजस्ती करणी गरेको भन्दै पीडित परिवारले आइतबार जितपुर प्रहरी चौकीमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा आरोपित बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए । पक्राउ परेका बालक अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

आफुले त्यो बेला रक्सी खाएको हुँनाले नसाको सुरमा गल्ति भएको बालकले प्रहरी समक्ष स्वीकार गरेका छन् । उनीविरुद्ध प्रहरीले जिल्ला अदालतमा जबरजस्ती करणी कसुरमा मुद्दा दायर गरेको छ ।

सम्पादकीय नोट: बालक भएकाले आरोपितको परिचय गोप्य राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!