- संगालोखबर सम्बाददाता

विराटनगर । १ नम्बर प्रदेशको नामकरणमा सहमति जुटाउँन आज दिउँसो बसेको सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको छ । दलहरू आ–आफ्नै अडानमा रहँदा बैठकबाट निष्कर्ष ननिस्किएको हो । तर, पनि छलफल सकारात्मक भएको बैठकमा सहभागि नेताहरूले प्रतिक्रिया दिएका छन् ।

Advertisement

प्रदेशको नाममा सहमति जुटाउँन भन्दै सभामुख प्रदीपकुमार भण्डारीले विराटनगरस्थित प्रदेश सभा सचिवालयमा दिउँसो बैठक बोलाएका थिए । बैठकमा नेताहरूबीच झण्डै तीन घण्टा छलफल चलेको थियो । बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री राजेन्द्रकुमार राईले बैठक बिना निष्कर्ष टुंगिएपनि सहमति हुने आशा व्यक्त गरे । उनले आफ्नो आफ्नो अडानमा रहने हो भने नाम टुङ्गो लगाउन गाह्रो पर्ने भन्दै लचकता देखाएर बैठकलाई निरन्तर अगाडि बढाउनुपर्ने बताए । मुख्यमन्त्री राई कुनैपनि हालतमा पहिचान सहितको नाम राख्नुपर्ने पक्षमा छन् । बैठकमा मुख्यमन्त्री राईले पहिचानको पक्षमा नजाने भए प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सक्ने बताएका थिए ।

बैठक सकारात्मक भएको र फेरि छलफलमा जुट्ने सहमति गरेर टुंगिएको नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बताए । नेकपा एमालेका नेता जीवन घिमिरेले नामको विषयमा थप छलफल आवश्यक रहेको प्रतिक्रिया दिए । सबैले लचकता अपनाउनुपर्ने भन्दै उनले सीमित जातीलाई भन्दा पनि सर्वमान्य रुपमा बहुपहिचानका आधारमा नाम राख्न एमाले छलफलका लागि तयार रहेको बताए । सबैको प्रतिनिधित्व हुँनसक्ने भन्दै एमालेले प्रदेशको नाम कोशी प्रस्ताव गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!