- संगालोखबर सम्वाददाता

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ मा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । स्थानीय ६५ बर्षीय बल बहादुर साँवाको कुटाइबाट उनकी श्रीमती ५४ बर्षीया कान्छीमाया लिम्वूको मृत्यु भएको हो ।

Advertisement

शुक्रवार बेलुका ५ बजे घरायसी विवादका कारण साँवाले कान्छीमायालाई कुटपिट गरेका थिए । साँवाको कुटाइबाट घटनास्थलमै कान्छीमायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी निरीक्षकसहितको टोलीले साँवालाई पक्राउ गरेको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!