संगालोखबर सम्वाददाता

विराटनगर । धनकुटा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार दिउँसो अस्थाई प्रहरी पोष्ट बेलहाराबाट खटिएको टोलीले छिन्ताङबाट धरानतर्फ जाँदै गरेको प्रदेश न १–०२–००१ ज ४०७७ नम्बरको बोलेरो गाडी चेकजाँच गरेको थियो । सोही क्रममा गाडीको छतमा बोरामा राखेको अवस्थामा ४ किलोग्राम गाँजा फेला परेको हो ।

Advertisement

गाडीमा गाँजा भेटिएपछि चालक शहिदभुमी गाउँपालिका–५ का २१ वर्षीय मनोज परियारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

त्यस्तै सुनसरीको ईनरुवा नगरपालिका–४ बाट ठूलो परिमाणमा गाँजासहित एक जना पक्राउ परेका छन् । अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को. १ ख २९२६ नम्बरको पिकअपलाई चेकजाँच गर्ने क्रममा ७ वटा बोरामा राखेको अवस्थामा २०८ केजी गाँजा बरामद गरेको हो ।

पिकअपमा गाँजा फेला परेपछि चालक सहिदभूमि गाउँपालिका–२ का २० बर्षीय तेज राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!