संगालोखबर सम्वाददाता

विराटनगर । भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवैध लत्ताकपडा र खाद्यान्न विराटनगरमा प्रहरीले बरामद गरेको छ ।

Advertisement

मंगलवार साँझ साढे ७ बजे विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले चेकजाँचका क्रममा मे.१च २२८६ नम्बरको मारुती भेन नियन्त्रणमा लिएको हो । उक्त भेनमा अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको करिव ५ लाख १३ हजार ७ सय मूल्य बराबरको लत्ताकपडा र खाद्यान्य रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ७६ हजार ९ सय बराबरको खाद्यान्न र बिभिन्न किसिमका कपडा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ । प्रहरीले विराटनगर–१५ स्थित रानी बसपार्कबाट उक्त सामान बरामद गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!