- संगालोखबर सम्बाददाता


धनकुटा । नेपाली सेनाले तालिमका क्रममा बुधबार राती धनकुटाको चुलिबनमा बम बिस्फोट गराएको छ । राती करिब १० बजे बिस्फोटको ठूलो आवाज सुनिदा धनकुटा बजारबासी त्रसित भएका छन् ।

धनकुटा बजार क्षेत्रनै थर्किने गरी बिस्फोटको आवाज सुनिदा बजारबासीमा त्रास फैलिएको हो । धेरै जनाले के पड्कियो भन्दै सामाजिक सञ्जालमा जिज्ञासा राखिरहेका छन् । सेनाले तालिमका क्रममा बिस्फोट गराएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी चिरञ्जिवी दाहालले पुष्टि गरे । तालिममा योजनाबद्ध रुपमा बिस्फोट गराइएकाले कुनै क्षति नभएको उनले बताए ।

Advertisement

धनकुटाको सल्लेरीस्थित भीमदल गणले साउन ८ देखि १२ गतेसम्मका लागि चुलिबनमा तालिम सञ्चालन गरिरहेको छ । प्रशासनसँगको पूर्व अनुमति लिएर तालिम सञ्चालन गरिएको र सोही बमोजिम बिस्फोट गराइएको भीमदल गणले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!