- संगालोखबर सम्वाददाता

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा स्कारपिओ गाडीको ठक्करबाट आज एक बालिकाको मृत्यु भएको छ। गाडीको ठक्करबाट भोजपुरको षडानन्द नगरपालिका–५ की ३ वर्षीया मनिषा विष्टको मृत्यु भएको हो।

Advertisement

दिउँसो साढे १२ बजे तुम्लिङटार बस स्टेसन नजिकै बा २० च ९५०२ नम्बरको गाडीले पैदल हिँडिरहेकी ती बालिकालाई सडक पार गर्ने क्रममा ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएकी बालिकाको उपचारका क्रममा तुम्लिङटारस्थित मनकामना सामुदायिक अस्पतालमा मृत्यु भएको हो ।

चालक पाँचखपन नगरपालिका–१ का गोविन्द श्रेष्ठलाई नियन्त्रणमा लिइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!