- संगालोखबर सम्वाददाता

विराटनगर । मोरङको बेलबारी नगरपालिका–८ पूर्व पश्चिम राजमार्गमा रोकेर राखेको ट्रकमा कार ठोक्किदा आज एक जनाको मृत्यु भएको छ ।

Advertisement

बिहान ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ११ च २४५८ नम्बरको कार सडकमा रोकेर राखेको को १ ख ८००४ नम्बरको ट्रकसँग ठोक्किएको थियो । दुर्घटनामा कार चालक बेलबारी–१ का २२ बर्षीय संदिप लामिछाने र कारमा सवार दमक–४ का १४ बर्षीय राजु बराईली घाइते भएका थिए ।

घाइते दुबै जनालाई उपचारका लागि बेलबारी अस्पताल पठाइएको थियो । बराईलीलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!