- संगालोखबर सम्वाददाता
फायल तस्बीर

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित कोशी टप्पु वन्यजन्तु आरक्षणमा सिसौको रुखले किच्दा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हँनेमा धरान उप–महानगरपालिका–११ का २८ बर्षीय धिरज तामाङ छन् ।

आइतवार दिउँसो साढे ३ बजे कोशी टप्पु वन्यजन्तु आरक्षणमा डुल्ने क्रममा प्र. १. ०२–०४४ प ६६८१ नंम्बरको स्कुटरलाई सुकेको सिसौको रुख ढलेर किचेको थियो । रुखले किच्दा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

स्कुटरमा पछाडि सवार धरानकै २८ बर्षीय संगेन्द्र बिष्ट घाइते भएका छन् । विराटनगरस्थित विराट नर्सिङ होममा उनको उपचा भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!