खोटाङका दशवटै स्थानीय तह सडक सञ्जालमा जोडिए
खोटाङ, ७ मंसिर । जिल्लाका दशवटै स्थानीय तह सदरमुकाम दिक्तेलसँग सडक सञ्जालमा जोडिएका छन् ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तह दिक्तेलसम्मको सिधा सडक सञ्जालमा जोडिएका हुन् । गत वर्षसम्म सदरमुकाम दिक्तेलबाट सिमित ठाउँमा मात्र यातायात सेवा सञ्चालन हुँदै आएको जिल्लामा यस वर्षदेखि सबै स्थानीय तहमा सेवा सञ्चालन गरिएको यातायात व्यवसायी संघ, खोटाङका महासचिव रामकुमार हिङ्माङले बब...




























