- संगालोखबर सम्वाददाता

धनकुटा, ३ पुष । धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाईनुपर्ने माग राख्दै आमहड्ताल आवहन गरेका जिल्लाबासीले सोमबार बिभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।

यसैक्रममा धनकुटा–६ आत्मारा ढाट स्थित कोशी राजमार्गमा दिउँसो टायर बालेर प्रदर्शन गरिएको छ । गाडी बन्द गराउँन सडकमा निश्किएका युवाहरुले टायर बालेर राजधानीको मागसहित प्रदर्शन गरेका हुन ।

धनकुटाको आत्मारा ढाट स्थित कोशी राजमार्गमा टायर बालेर प्रदर्शन गर्दै धनकुटेली युवाहरु । तस्वीर: रबिन कटेल/संगालोखबर

बिहानैदेखि सडकमा उत्रिएका बन्दकर्ताले धनकुटा–७ स्थित जीरो प्वाइन्टमा पनि प्रदर्शन गरे । धनकुटाबासीले दिनभर सडकमा यातायात सञ्चालन हुँन दिएनन् ।

मोटरसाईकलसमेत गुड्न नदिएपछि यात्रुहरुले थप सास्ती बेहोर्नु परेको थियो । बन्दका कारण यातायात, बजार पसल, शिक्षण संस्था, कलकारखानासमेत ठप्प हुँदा जनजीवन प्रभावित भएको छ । बन्दको समयमा प्रेस, एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधन भने निर्वाधरुपमा सञ्चालन भएका थिए ।

टायर बालेको भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!