देवकला कार्की/संगालोखबर

धनकुटा, २९ मंसिर । धनकुटामा आँखा अस्पताल सञ्चालनमा सहयोग गर्ने ब्यक्तिहरुलाई शुक्रवार सम्मान गरिएको छ । नेपाल नेत्र ज्योती सघं धनकुटाको नवौँ बार्षिक साधारणसभा तथा डा.रामप्रसाद पोख्रेल आँखा अस्पतालको चौथो बार्षिक उत्सवको अवसर पारेर चार जनालाई सम्मान गरिएको हो ।

सम्मानीत हुँनेमा पूर्व शिक्षा राज्यमन्त्री धनमाया विश्वकर्मा खनाल, नेत्रज्योती सघंका पूर्वसचिव लिलानाथ मिश्र, धनकुटा–७ का ईन्द्रकुमारी ताम्राकार र आँखा अस्पतालका कर्मचारी रेवतकुमार राई छन् ।

Advertisement
कार्यक्रम उद्घाटन गरिदै । तस्वीरः देवकला कार्की/संगालोखबर

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग, नेत्र ज्योति सघंका केन्द्रिय सदस्य रविन्द्र चौधरी, जिल्ला अध्यक्ष दोर्णप्रसाद गुरागाई लगायतले उनीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।

पूर्व शिक्षा राज्यमन्त्री विश्वकर्मा अनुपस्थित भएकाले माओवादी केन्द्रका सह–संयोजक ऋषिराम ढुंगानाले सम्मान ग्रहण गरेका थिए ।

आँखा अस्पताललाई एक लाख ११ हजार सहयोग गर्ने मिश्रलाई सम्मान गरिदै । तस्वीरः देवकला कार्की/संगालोखबर

कार्यक्रम उद्घाटन गर्दै धनकुटा नगर प्रमुख तामाङ्गले धनकुटामा आँखा अस्पताल सञ्चालन भएपछि पूर्वी पहाडी जिल्लाबासीलाई आँखाको उपचारमा सहज भएको बताउँदै आँखा अस्पताललाई थप व्यवस्थित र प्रभावकारी बनाउँन आगामि आर्थिक वर्ष नगरपालिकाले बजेट विनियोजन गर्ने आश्वासन दिए ।

आँखा अस्पतालका कर्मचारी राईलाई सम्मान गरिदै । तस्वीरः देवकला कार्की/संगालोखबर

सो अवसरमा नेपाल नेत्र ज्योति सघंका केन्द्रिय सदस्य चौधरी, संघका जिल्ला सल्लाहाकार समिति सदस्य यज्ञप्रकाश चापागाई, पुर्वसांसद गोपाल गुरागाई, गैर सरकारी संस्था महासघंका पूर्व केन्द्रिय सदस्य विदुर सुवेदी, सम्मानित लिलानाथ मिश्र लगायतले धनकुटामा अाँखा अस्पताल खुलेपछि सहज भएको भन्दै अझ ब्यवस्थित गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन ।

साधारणसभामा नेपाल नेत्र ज्योती सघंका सचिव रोशेष श्रेष्ठले सांगठनिक र कोषाध्यक्ष जयप्रसाद निरौलाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यो पनि पढ्नुहोस् …

धनकुटालाई आँखा उपचारको ‘हव’ बनाईने

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!