देवकला कार्की/संगालोखबर

धनकुटा, १ पुस । धनकुटाको भेडेटारमा आगामि पुस १६ गतेदेखि छैठौ भेडेटार फुड फेष्टिवल अर्थात खाना महोत्सव हुँने भएको छ । हरेक अंग्रेजी नयाँ वर्षको अवसरमा हुँदै आएको फेष्टिवल यो बर्ष पनि हुँन लागेको हो ।

आयोजक होटल एशोसिएसन भेडेटारले शनिवार पत्रकार सम्मेलन गरी पुस १६ देखि १८ गतेसम्म तीन दिने फेष्टिवल आयोजना गरिएको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा फेष्टिवलको वारेमा जानकारी गराउँदै आयोजक । तस्बिर: देवकला कार्की/संगालोखबर

आर्थिक तथा सामाजिक उत्थानका लागी पर्यटन, होटल व्यवसाय, होमस्टे र अन्य व्यापार व्यवसाय, कृषि, सांस्कृतिक र शिक्षा क्षेत्रको प्रर्वद्धनमा टेवा पुर्याउँने उद्धेश्यले महोत्सव आयोजना गरिएको होटल एशोसिएसनका अध्यक्ष एवं फुड फेष्टिवल आयोजक समिति अध्यक्ष लिलाराज लावतीले जानकारी दिए ।

फेष्टिवलको मुख्य आकर्षणको रुपमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनका साथै स्थानीय जातिय (राई, लिम्बु, मगर, तामाङ्ग र नेवारी) खानेकुराहरुको प्रर्दशनी रहने छ ।

यसका साथै स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफुल प्रर्दशनी, हस्तकला, कृषि तथा घरेलु उत्पादनको प्रर्दशनी, मौलिक परम्परागत सास्कृतिक झाँकी, स्थानीय तथा राष्ट्रिय कलाकारद्धारा सांस्कृतिक कार्यक्रम प्रस्तुती, माउण्टेन बाईक, प्याराग्लाईडिङ्ग लगायत रहेका छन् ।

फेष्टिबलमा करिब एक करोड बराबरको आर्थिक कारोबार तथा २० हजार देखि ३० हजार पर्यटक भित्राउने लक्ष्य रहेको होटल एशोसिएसन भेडेटारका सचिव जितेन्द्र रुम्दालीले वताए ।

पत्रकार सम्मेलनमा वोल्दै मिस पुर्वाञ्चल विजेता एवं भेडेटार पर्यटन सद्भावना दुत रुवि लिम्बुले भेडेटारसहित पूर्वाञ्चलको पर्यटन प्रर्वद्धन तथा विकासका लागी राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउने वताईन् । भेडेटारमा ०६८ सालदेखि हरेक अंग्रेजी नयाँ वर्षलाई लक्षित गरि फुड फेष्टिवल आयोजना गरिदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!