- संगालोखबर सम्वाददाता

धनकुटा, ३ पुस । प्रादेशिक राजधानीको माग गर्दै आज धनकुटा बन्द आवहन गरिएको छ । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै बिभिन्न दवावमूलक आन्दोलन गर्दै आएका जिल्लाबासीले बन्द आवहन गरेका हुन् ।

आन्दोलन संघर्ष मूल समितिको आवहनमा यातायात, बजारपसल, उद्योग धन्दा लगायत बन्द भएका छन् । प्रादेशिक राजधानीका लागि हरेक हिसावले धनकुटा उपयुक्त भएरपनि सरकारले राजधानी तोक्न आनाकानी गरेको भन्दै धनकुटामा चरणबद्ध आन्दोलन भईरहेको छ ।

Advertisement
सुनसान धनकुटा बसपार्क । तस्वीर : रबिन कटेल/संगालोखबर

यसअघि हिजो क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना दिएर प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र पठाईएको छ । शुक्रवार धनकुटा बजारमा बृहत जनप्रदर्शन गरिएको थियो भने शनिवार ब्याङ्ग्यात्मक रुपमा मैनवत्ती जुलुश प्रदर्शन गरेर प्रादेशिक राजधानीका लागि जिल्लाबासीले दवाव दिएका छन् ।

धनकुटाबासीले यसअघि पनि राजधानी माग गर्दै पटक–पटक आन्दोलन गर्दै आएका छन् । प्रशासनीक गौडा हुँदै यसअघि पूर्वाञ्चल बिकासक्षेत्रको सदरमुकामसमेत रहेको धनकुटामा पर्याप्त भौतिक संरचना, उपयुक्त हावापानी, मजवुत सुरक्षा ब्यवस्था लगायत कारणले राजधानी घोषणा गरिनुपर्ने जिल्लाबासीको माग छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!