बिना बनिन् समानुपातिक प्रदेशसभा सदस्य

बिना बनिन् समानुपातिक प्रदेशसभा सदस्य

धनकुटा, १३ पुस । नेकपा एमाले धनकुटा सचिवालय सदस्य बिनादेवी राई (याम्फु) एमालेबाट प्रदेश सभा सदस्यमा छनौट भएकी छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले राईसहित ७ प्रदेशका ७५ प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको हो । चौबिसे गाउँपालिका–६ राजारानी घर भएकी राई २०३६ साल अघि देखि नै बिद्यार्थी राजनीतिबाट राजनीति क्षेत्रमा प्रवेश गरेकी हुँन् । २०१२ सालमा भो...
आँखिसल्लामा कुटपिटबाट एक युवा गंभीर घाईते, घाईतेको अवस्था चिन्ताजनक

आँखिसल्लामा कुटपिटबाट एक युवा गंभीर घाईते, घाईतेको अवस्था चिन्ताजनक

धनकुटा, १३ पुस । धनकुटाको खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिका–६ मा कुटपिटबाट एक युवा गंभीर घाईते भएका छन् । स्थानीय युवाहरुको कुटाईबाट २५ बर्षीय प्रदिप राई गंभीर घाईते भएको प्रहरीले जनाएको छ । जिल्ला अस्पताल धनकुटामा उपचार हुँन नसकेपछि घाईते राईलाई थप उपचारका लागि बिराटनगर स्थित न्यूरो अस्पताल लगिएको छ । घाईतेको टाउकोसहित शरिरका अधिकांस भागमा चोट छ । उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।...
धरानमा चार हात र दुई टाउको भएको बच्चा जन्मियो

धरानमा चार हात र दुई टाउको भएको बच्चा जन्मियो

सुनसरी । धरानमा चार वटा हात र दुई वटा टाउँको भएको बच्चा जन्मिएको छ ।  धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुनसरी इनरुवा ८ की सोनम मण्डलले दुई वटा टाउको र चार वटा हात एउटै जिउमा जोडिएको नवजात शिशुलाई जन्म दिएकी हुन् । धरानको घोपा क्याम्पको स्त्री तथा प्रशुती विभागमा भर्ना भएकी मण्डलले अनौठो भएपनि स्वस्थ बच्चाको जन्म दिएको अस्पताल स्रोतले जनाएको छ । प्रतिष्ठानका डा. सूर्यप्रसाद रि...
हिलेमा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

हिलेमा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

धनकुटा, १३ पुस । धनकुटाको हिलेमा आगामी माघ पहिलो साता राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । माघ ४ देखि ६ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको जिल्ला तेक्वान्दो संघ धनकुटाका अध्यक्ष गौरब कार्कीले जानकारी दिएका छन् । राष्ट्रिय तेक्वान्दो संघको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद र जिल्ला खेलकूद विकास समितिको विशेष सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा १ सय ७० ...
ओखलढुङ्गामा भाइको कुटाइबाट दाजुको मृत्यु

ओखलढुङ्गामा भाइको कुटाइबाट दाजुको मृत्यु

ओखलढुङ्गा, १३ पुस । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–२ टाकिटारमा गएराति भाइको कुटाइबाट दाजुको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ३० बर्षीय दुर्गाधन तामाङ छन् । गएराति करिव साँढे १ बजे मादक पदार्थ सेवन गरी सामान्य विवाद हुँदा भाइ २९ बर्षीय श्याम तामाङले दाजुलाई कुटपिट गरेका हुन् । भाईको कुटपिटबाट दाजु दुर्गा धनको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी पलापुले जनाएको छ ।
एउटै कार्यक्रममा हिन्दु, बुद्ध, किरात, मुश्लिम र ख्रीष्टियन धर्मका अनुयायी

एउटै कार्यक्रममा हिन्दु, बुद्ध, किरात, मुश्लिम र ख्रीष्टियन धर्मका अनुयायी

धनकुटा, १२ पुष । अन्तरधार्मिक शान्ति संजाल मोरङ्गको आयोजना तथा युनाईटेड मिसन नेपाल र सामुदायिकविकास मञ्च नेपालको साझेदारीमा सुनसरीको इटहरीमा धर्मनिरपेक्षता र कानुनी व्यवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । “सबै धर्मको चाहाना, अहिंशा शान्तीको कामना” भन्ने मुलनाराको साथ आयोजना गरिएको एक दिवशीय कार्यक्रममा हिन्दु, वुद्ध, किरात, मुश्लिम र ख्रीष्टियन धर्मका धर्म गुरुहरु तथा अनुयायी सहभागी...
इलाम र पाँचथरमा लोप हुँदै चौँरीपालन व्यवसाय

इलाम र पाँचथरमा लोप हुँदै चौँरीपालन व्यवसाय

मंगलबारे, १२ पुस ।  जिल्लामा चौँरीपालन व्यवसाय लोप हुँदै गएको छ । इलाम र पाँचथरको सीमावर्ती तथा भारतसँग सीमा जोडिएको सन्दकपुर गाउँपालिकाको सन्दकपुरमा विगत वर्षमा एक सयभन्दा बढी संख्यामा रहेका चौँरीका गोठ हाल करिब दुई दर्जनको हाराहारीमा मात्र रहेका छन् । व्यवसाय लोप हुँदै गए पनि पाँचथर प्राङ्बुङबाट चौँरी व्यवसाय गर्न आएका नरबहादुर मगर नयाँ तरिकाले चौँरी पाल्न सन्दकपुर आएको बताउँछन् । “यही पेशा न...
खोकुको पञ्चकृष्ण माविलाई एक करोड सहयोग

खोकुको पञ्चकृष्ण माविलाई एक करोड सहयोग

धनकुटा, १२ पुस । धनकुटाको खाल्सा छिन्ताङ्ग शहीदभूमि गाउँपालिका–४ को पञ्चकृष्ण माध्यमिक बिद्यालयलाई एक करोड आर्थिक सहयोग प्राप्त भएको छ । व्रिटिस गोरखा वालफेयर अफिस जिरिखिम्तीले बिद्यालयको भवन निर्माणका लागि सहयोग गरेको हो । मंसिर पहिलो सातावाट विद्यालयको भवन निमार्ण थालिएको छ । ६ महिना भित्र भवन निर्माण पुरा गर्ने गरी निमार्ण कार्य भईरहेको विद्यालयका प्रध्यानाध्यापक शमशेरमान राईले संगालोखब...
धनकुटामा दुई महिना अघि भेटिएको संकास्पद वेवारिसे शवको अझै भएन सनाखत

धनकुटामा दुई महिना अघि भेटिएको संकास्पद वेवारिसे शवको अझै भएन सनाखत

धनकुटा, ११ पुष । धनकुटा नगरपालिका–९ च्याङच्याङबारीमा करिव दुई महिना अघि शंकास्पद अवस्थामा भेटिएको वेवारिसे शवको अझै सनाखत हुँन सकेको छैन । शरिरमा चोटपटक लागेको र वरिपरी रगत तलपतिएको अवस्थामा गत कात्तिक २५ गते सडकको नालिमा करिव ३० बर्षीया युवातीको वेवारिसे शव फेला परेको थियो । घटनास्थल र लाशको प्रकृतिका आधारमा हत्या गरेर फलिएको हुँनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखायो । तर, फेला परेको दुई ...
जीप दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

जीप दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

उदयपुर, ११ मंसिर । उदयपुरमा सुन्तला बोकेको जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीन गम्भिर घाईते भएका छन । रौतामाई गाउँपालिकाको सल्लेबाट गाईघाटतर्फ आउँदै गरेको स१च १२२८ नम्वरको बोलेरे जीप रौतामाई गाउँपालिका ६ जितेनी पाखामा मंगलबार दुर्घटना भएको हो । मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका १० बस्ने बर्ष ५० का कमल राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मगरको घट्नास्थलमै मृत्यु ...
सराेकारवालाले अाखाँ चिम्लिएपछि सार्वजनिक स्थलमा खुलेआम मदिरा विक्री बढदै

सराेकारवालाले अाखाँ चिम्लिएपछि सार्वजनिक स्थलमा खुलेआम मदिरा विक्री बढदै

झापा, ११ पुस । सरकारले लागू गरेको नियम मिच्दै सार्वजनिक स्थलहरुमा जथाभावी मदिराजन्य पदार्थको बिक्री भइरहँदा नियमनकारी निकाय भने रमिते बन्ने गरेको छ । आवश्यक इजाजत पत्र लिएर तोकिएको स्थानहरुमा मात्र बिक्री गर्न पाइने मदिराजन्य पदार्थको जथाभावी बिक्रीले सवारी दुर्घटना, झैझगडा, घरेलु हिंसालगायतका घटनाहरुमा समेत वृद्धि भएको सरोकारवालाहरुको भनाइ छ । समाजमा अवाञ्छित गतिविधि गराउन सहयोग पुग्ने र मानव ...
इलामको एक घरमा आगलागी हुँदा ४० लाखको क्षति

इलामको एक घरमा आगलागी हुँदा ४० लाखको क्षति

इलाम, ११ पुस । इलामको देउमाई नगरपालिका–६ फुटुकस्थित एक घरमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको धनमाल जलेर क्षति भएको छ । स्थानीय तिलकसिंह साउदेनको घरमा विद्युत् सर्ट भई सोमबार आगलागी हुँदा रु ३९ लाख ६० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ । घरमा कोही नभएको अवस्थामा भएको आगलागीबाट साउदेनको टिनको छानो भएको दुईतले घर र पसलसमेत जलेर नष्ट भएको छ । आगलागी प्रहरी र स्थान...
काबेली बैंकमा माउन्ट मकालु गाभिने प्रकृया अन्तिम चरणमा

काबेली बैंकमा माउन्ट मकालु गाभिने प्रकृया अन्तिम चरणमा

धनकुटा, १० पुस । काबेली बिकास बैंकमा माउन्ट मकालु डेभलपमेन्ट बैंक गाभिने प्रकृया अन्तिम चरणमा पुगेको छ । धनकुटाको काबेली र तेह्रथुम बसन्तपुरको माउन्ट मकालुले सोमबार साधारणसभा गरी बैंक गाभ्ने र गाभिने प्रस्ताव स्वीकृत गरेका हुन् । साधारणसभा पश्चात आयोजित पत्रकार सम्मेलनमा काबेली बिकास बैंकका अध्यक्ष गोपालप्रसाद काफ्लेले दुई बैंक गाभिने प्रकृया अन्तिम चरणमा पुगेको जानकारी दिदै माघ १ गतेबाट एकीकृत क...
धनकुटाका पत्रकारले बनाए २१ वुँदे आचारसंहित

धनकुटाका पत्रकारले बनाए २१ वुँदे आचारसंहित

धनकुटा, १० पुस । धनकुटाका पत्रकारले आफ्नै लागि स्थानीय पत्रकार आचारसंहिता बनाएका छन् । प्रेस काउन्सिल नेपालले तयार गरेको ‘पत्रकार आचारसंहिता–२०७३’ भएपनि जिल्लाका पत्रकारहरुले स्थानीय स्तरमा पेशालाई थप मर्यादित र ब्यवस्थित गर्न स्थानीय आचारसंहिता बनाएका हुन् । पत्रकार महासंघ धनकुटाको संयोजनमा सूचना बिभागले आयोजना गरेको प्रमुख कानून र आचारसंहिता बिषयक पत्रकार आवद्धता तालिम पश्चात पत्रकारहरुले नयाँ ...
बेलहारामा विमानस्थल बनाउँन डीपीआरको तयारी

बेलहारामा विमानस्थल बनाउँन डीपीआरको तयारी

धनकुटा, १० पुस । धनकुटाको बेलहाराडाँडामा बिमानस्थल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउँने तयारी गरिएको छ । बिमानस्थल निर्माणका लागि बजेट बिनियोजन भएपश्चात डीपीआरसँगै बातावरणीय परीक्षण (ईआईए) समेत गर्ने तयारी गरिएको हो । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका कारण डीपीआर तयार गर्न केहि ढिलाई भएपनि अव केहि दिनभित्रै डीपीआरको काम सुरु हुँने बिमानस्थल निर्माणमा पहल गर्दै आएका धनकुटाका प...
अलैँचीको मूल्य अब मोबाइलमै

अलैँचीको मूल्य अब मोबाइलमै

  इलाम, १० पुस । अलैँचीको मूल्य अब मोबाइल एसएमएसमार्फत नै पाउन सकिने भएको छ । अलैँचीको मूल्य र गुणस्तरका बारेमा क्रियाशील रहेको नेपाल अलैँची व्यवसायी महासंघले अलैँचीको प्रचलित मूल्य थाहा पाउने व्यवस्था गरेको हो । उच्च मूल्य रहेर पनि बजार मूल्य थाहा नपाउँदा व्यापारी र बिचौलियाबाट ठगिएको गुनासो गर्ने गरेका किसानले अलैँचीको बजार मूल्य एसएमएसबाट नै थाहा पाउने भएका हुन् । तर यो व्यवस्था धेरै...
२३ वर्षसम्म बनेन सुनकोसीमा पुल, इन्जिनियर भन्छन्- पुरानो डिजाइनले काम गरेन

२३ वर्षसम्म बनेन सुनकोसीमा पुल, इन्जिनियर भन्छन्- पुरानो डिजाइनले काम गरेन

उदयपुर, १० पुस । सुनकोसी नदीमा पक्की पुल नबनेपछि चौथो पटक बेलिब्रिज लगाइएको छ। उदयपुर र खोटाङको सीमास्थल रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका लिच्की राम्चेबीचको फोक्सिन्टारस्थित सुनकोसीमा बेलिब्रिच जडान गरिएको हो। सगरमाथा लोकमार्गअन्तर्गत पर्ने गाईघाट–दिक्तेल सडक खण्डको सुनकोसी नदीको फोक्सिनटार गएको चार वर्ष अघिदेखि बर्सेनि बेलिब्रिज जडान हुँदै आएको छ। पुस महिनामा जडान हुने र जेठ म...
पाँच लाख रुपैयाँ बराबरको कपडा बरामद

पाँच लाख रुपैयाँ बराबरको कपडा बरामद

रंगेली, १० पुस । भारतबाट भन्सार छलेर अवैध रूपमा नेपाल ल्याउदै गरेकाे रू ५ लाख बराबरकाे लता कपडा माेरङकाे रंगेलीस्थित प्रहरीले बरामद गरेकाे छ । गाेप्य शुचनाकाे अाधारमा रंगेली प्रहरीले चेकजाच गर्दा साे मुल्य बराबरकाे कपडा बरामद भएकाे हाे ।  प्रहरी ले गोप्य सुचनाको आधारमा भारतबाट रंगेली बजारमा तर्फ ल्याउदै गरेको अवस्थामा रेडिमेड तथा थानका कपडा सहित र उक्त ओसारपसार गर्न प्रयोग गरिएका बि.आर ३८२३ नम्...
अाैषधी लिन अाउने बिरामीलार्इ प्रमुखकाे जवाफ – कण्डम मात्रै छ के गर्ने ?

अाैषधी लिन अाउने बिरामीलार्इ प्रमुखकाे जवाफ – कण्डम मात्रै छ के गर्ने ?

इटहरी, १० पुस । सुनसरीकाे बराह नगरपालीका ८ निवासी बर्ष ६८ का बिष्णु बराल सामान्य ज्वाेराे अाएपछि गाउमै रहेकाे स्वास्थ्य चाैकीमा अाैषधी लिन भनि गए तर चाैकीले हातमा पुर्जी मात्रै थमायाे अाैषधी छैन भनि पठाएपछि उनि निरास हुदै एक्लै गुनगुनाउदै बाहिरिए । त्यस्तै रूघाले ग्रस्त बराह नगरपालीका अासपासका ५३ बर्षीय मुनलाल मेहता पनि साे चाैकीमा अाैषधी लिन गए उनले पनि बरालकै जस्ताे हातमा पूर्जि बाहेक केही पाए...
भोजपुरको ध्यान मुख्य मन्त्रीमा, जिल्लाको प्राथमिकता सडक र बिजुली

भोजपुरको ध्यान मुख्य मन्त्रीमा, जिल्लाको प्राथमिकता सडक र बिजुली

काठमाडौँ, १० पुस । भोजपुर जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरु प्रदेश नं १ को नेतृत्व भोजपुरबाट गराउन र जिल्लाको विकास निर्माणमा सडक तथा विद्युतीकरणलाई प्राथमिकता दिन चाहन्छन् । एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य पाएको जिल्लाबाट प्रतिनिधिसभामा सुदन किराँती निर्वाचित हुनुभएको छ भने प्रदेश सभाको क मा राजेन्द्रकुमार राई र ९ख० मा शेरधन राई निर्वाचित भएका छन् । विसं २०६४...
धनकुटा बहुमुखीका बिद्यार्थीलाई बिपत जोखिम न्युनिकरण कार्यक्रम

धनकुटा बहुमुखीका बिद्यार्थीलाई बिपत जोखिम न्युनिकरण कार्यक्रम

धनकुटा, १० पुस । धनकुटा वहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुका लागि विपत जोखिम न्युनिकरण सम्वन्धि जनचेतनामुलक कार्यक्रम गरिएको छ । सशस्त्र प्रहरी बल छिन्ताङ्ग गुल्म र रेडियो मकालुको सञ्चार सहकार्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेती र धनकुटा वहुमुखी क्याम्पस प्रमुख निरञ्जन वस्तीले विपत तथा जोखिमबाट वच्न तथा सुरक्षित रहन विद्यार्थीहरु माझ सञ्चालन गरिन...
को-को भिड्दैछन पूर्वाञ्चल गट ट्यालेन्टको फाईनलमा ? (नामावली/भिडियोसहित)

को-को भिड्दैछन पूर्वाञ्चल गट ट्यालेन्टको फाईनलमा ? (नामावली/भिडियोसहित)

धनकुटा, ९ पुस । धनकुटामा जारी पूर्वाञ्चल गट ट्यालेन्टको फाईनलमा १२ जना प्रतियोगिहरुवीच प्रतिस्प्रधा हुँने भएको छ । धनकुटाको तल्लो टुडिखेलमा भएको छैठौ चरण पार गर्दै गायन, नृत्य र अभिनय बिधाका १२ जना प्रतियोगिहरु फाईनल प्रवेश गरेका हुन् । अव माघ ८ गते धनकुटाको तल्लो टुडिखेलमा हुँने फाईनलबाट पूर्वाञ्चल गट ट्यालेन्टको बिजेता छनौट हुँने प्रतियोगिताका संयोजक सुमन योगीले संगालोखबरलाई जानकारी दिए । उनका ...
राजविराजबाट एक महिनादेखि किशोर बेपत्ता

राजविराजबाट एक महिनादेखि किशोर बेपत्ता

राजविराज, ९ पुस । एक महिनादेखि सप्तरीको राजविराजबाट एक किशोर बेपत्ता भएका छन् ।  राजविराज नगरपालिका वडा नं १२ निवासी बिजलीप्रसाद यादवका १३ वर्षीय छोरा मिथिलेश गत मंसिर ८ गतेदेखि बेपत्ता रहेको उनको परिवारले जनाएको छ । राजविराजस्थित लिटिल एन्जेल्स बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत उनी सिंगियौनस्थित घर जाने क्रममा बीच बाटाबाटै सम्पर्कविहीन भएको बताइएको छ । किशोर सम्पर्कविहीन भएका विषयमा जिल्ला प...
धनकुटाका पत्रकारलाई तालिम

धनकुटाका पत्रकारलाई तालिम

धनकुटा, ८ पुस । प्रमुख कानुन र आचारसंहिता विषयक पत्रकार आवद्धता तालिम शनिवारदेखि धनकुटामा शुरु भएको छ । नेपाल पत्रकार महासघ धनकुटाको संयोजनमा सुचना विभागले तालिम आयोजना गरेको हो । तालिम उद्घाटन गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले आम नागरिकका सरोकारका विषयलाई बाहिर ल्याउन पत्रकारहरुको मूमिका महत्वपुर्ण हुने वताए । उनले समाचार सम्प्रेषण गर्दा त्यसले पार्ने प्रभावको वारेमासमेत ध्यान दिन...
धनकुटामा राजेन्द्र राईलाई ५१ किलोको माला (फोटो फिचरसहित)

धनकुटामा राजेन्द्र राईलाई ५१ किलोको माला (फोटो फिचरसहित)

धनकुटा, ८ पुस । धनकुटाबाट प्रतिनिधिसभामा निर्वाचित राजेन्द्र राईलाई शनिवार धनकुटा–९ बेलहारामा ५१ किलोको माला लगाएर भब्य स्वागत गरिएको छ । बाम गठबन्धनको तर्फबाट बिजयी एमाले धनकुटाका अध्यक्षसमेत रहेका राईलाई बेलहाराबासीले गाउँमा भब्य स्वागत गरेका हुन् । निर्वाचित बनेपछि मतदातालाई धन्यवाद दिन बेलहारा पुगेका राईलाई सयौंको संख्यामा भेला भएका स्थानीयले ५१ किलोको माला लगाइदिएका हुन् । गलामा पहिर्याएको म...
सीटी सफारी चलाउन नदिने सरकारको सर्कुलर !

सीटी सफारी चलाउन नदिने सरकारको सर्कुलर !

इटहरी, ८ पौष । भारतीय नाकाबन्दीको समयमा पेट्रोल र डिजेल अभाव भएका बेला भित्रिएका इलेक्ट्रोनिक रिक्सा राजमार्गबाट हटाउन पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले अभियान थालेपछि इटहरीका सफारी चालकहरु आन्दोलित भएका छन् । ‘सीटी सफारी’ भनिने इ–रिक्सालाई राजमार्गबाट हटाउन पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले बिहीबार इटहरीमा सर्वपक्षीय भेला गराएर यस्तो निर्णय सार्वजनिक गरेको हो । सरकारी अधिकारीहरु...
प्रादेशिक राजधानीका लागि हस्ताक्षर संकलन

प्रादेशिक राजधानीका लागि हस्ताक्षर संकलन

धनकुटा, ७ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै आन्दोलनरत जिल्लाबासीले शुक्रवारदेखि हस्ताक्षर संकलन अभियान शुरु गरेका छन् । धनकुटालाई राजधानी घोषणाका लागि दवाव दिन सुरु गरिएको हस्ताक्षर संकलन अभियानको पहिलो दिन चार हजार भन्दा वढिले धनकुटा राजधानी हुनुपर्ने पक्षमा हस्ताक्षर गरेका छन् । स्थानीय मदन चौकमा प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले हस्ताक्षर गरि अभियानको शुरुवात गरेका हु...
धनकुटामा ६१ औं बार दिवसः बार र बेन्चको सहकार्यले न्यायिक क्षेत्र सक्षम हुने दावी

धनकुटामा ६१ औं बार दिवसः बार र बेन्चको सहकार्यले न्यायिक क्षेत्र सक्षम हुने दावी

धनकुटा, ७ पुस । बार र बेन्चबीचको सहकार्यबाट मात्रै न्यायिक क्षेत्र सक्षम हुने धनकुटामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । ६१ औं बार दिवसको अवसरमा सुक्रवार जिल्ला बार एशोसिएनले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् । उच्च अदालत विराटनगर धनकुटा इजलाशका मुख्य न्यायाधिश विनोद शर्माले न्याय खर्चिलो तथा ढिलासुस्ती मुक्त गर्न र अपेक्षित न्याय नपाउने सर्वसाधारणको गुनासोबाट मुक्...
नौ वर्षदेखि सञ्चारविहीन छ कोशीटप्पु वन्यजन्तु आरक्ष

नौ वर्षदेखि सञ्चारविहीन छ कोशीटप्पु वन्यजन्तु आरक्ष

इटहरी, ७ पुस । सुनसरी जिल्लाजस्तो सुगम एवम् सञ्चारको राम्रो पहुँच भएको जिल्लाको महत्वपूर्ण स्थानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएको कोशीटप्पु वन्यजन्तु आरक्ष सञ्चार सम्पर्कविहिन छ । आरक्ष प्रशासनका अनुसार विगत नौ वर्षदेखि सञ्चारको पहुँच बाहिर रहेको कोशीटप्पु वन्यजन्तु आरक्षले भोग्दै आएको जटिल समस्याका विषयमा सम्बन्धित सरोकारवाला निकायमा निवेदन गर्दासमेत त्यहाँ एउटा नेपाल टेलिकमको टाव...
सिरहामा बम विष्फोट, बाबु–छोरासहित तीन घाइते

सिरहामा बम विष्फोट, बाबु–छोरासहित तीन घाइते

सिरहा, ७ पुस । सिरहाको सदरमुकाममा रहेको मालपोत कार्यालयमा शुक्रबार दिँउसो बम विष्फोट भएको छ । विष्फोटमा परेर तीन जना घाइते भएका छन् । उनीहरुको सदरमुकाम लहनस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा ५० वर्षीय राजकुमार पासवान, उनका छोरा ३० वर्षीय रोशन पासवान र अन्दाजी ४० वर्षीय पवन पासवान रहेका छन् । हालसम्म कसैले पनि विष्फोटको जिम्मेवारी लिएको छैन । जिल्ला प्रहरी कार्यालय सिरहाका प्र...
‘डेथ सर्टिफिकेट’ बनाउँदै गर्दा ‘शव’ ब्युझिएपछि..

‘डेथ सर्टिफिकेट’ बनाउँदै गर्दा ‘शव’ ब्युझिएपछि..

इटहरी, ७ पुस । अस्पतालले मृत घोषणा गरेको व्यक्ति जिउदै छ भन्दा तपाईलाई चमत्कार नै लाग्न सक्छ । मृत भनेर शववहान झिकाएर घाट लान तयारी गरिरहेको ‘शव’मा धड्कन चलेको जब थाहा हुन्छ तब माहोल बेग्लै भइदिन्छ । त्यसमा पनि आफनो श्रीमानको मृत्युको खबरले छेउमै बेहोस भएर ढलेकी श्रीमतीलाई श्रीमान् जिउँदै छन् भन्दा कस्तो महसुस भयो भन्ने अनुमान मात्र गर्न सकिन्छ । यस्तै भइदियो इटहरी उप–महानगरपालिका–१९ बस्ने ३२ ब...
error: Content is protected !!