- रबिन कटेल/संगालोखबर

धनकुटा, २ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै जिल्लाबासीले आज क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना दिएर प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । राजधानी घोषणाको माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएका धनकुटेलीले एक घण्टा क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना दिएका हुन ।

मदनचौकबाट सयौंको संख्यामा निश्किएका जिल्लाबासीले राजधानी घोषणा गर्न दवावमूलक नारा लगाउँदै बजारका बिभिन्न भागको परिक्रमा गरेका थिए । जुलुशसहित क्षेत्रीय प्रशासन कार्यालय पुगेको जिल्लाबासीले दिउँसो १ देखि २ बजेसम्म क्षेत्रीय प्रशासन कार्यालयको मुल गेटमा धर्ना दिएका हुन् ।

Advertisement

धर्नासँगै उनीहरुले प्रधानमन्त्री र गृहमन्त्रीलाई धनकुटा राजधानी हुँनुपर्ने आधारसहितको ज्ञापनपत्र पनि पठाएका छन् । आन्दोलन संघर्ष समिति संयोजक उमेश घिमिरे नेतृत्वको टोलीले उप–क्षेत्रीय प्रशासक सेवन्त दाहाललाई ज्ञापनपत्र हस्तान्तरण गर्दै केन्द्रमा पुर्याउँन आग्रह गरेको हो ।

क्षेत्रीय प्रशासन कार्यालयको गेटमा धर्ना दिदै धनकुटाबासी । तस्वीर: रबिन कटेल/संगालोखबर

धर्ना पश्चात आयोजित कोणसभालाई संबोधन गर्दै पाख्रीवास नगरपालिकाका मेयर बिर्षबहादुर राई, आन्दोलन संघर्ष समिति संयोजक घिमिरे, नागरिक समाजका अध्यक्ष दोर्णप्रसाद गुरागाई लगायतले हरेक हिसावले राजधानीका लागि उपयुक्त रहेकाले धनकुटालाई राजधानी घोषणा गर्न माग गर्दै माग पुरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने बताएका छन ।

प्रशासनीक गौडा हुँदै यसअघि पूर्वाञ्चल बिकासक्षेत्रको सदरमुकामसमेत रहेको धनकुटामा पर्याप्त भौतिक संरचना, उपयुक्त हावापानी, मजवुत सुरक्षा ब्यवस्था लगायत कारणले राजधानीका लागि उपयुक्त रहेको भन्दै राजधानी घोषणाको माग गरिदै आएको छ । प्रादेशिक राजधानी बनाउँन माग गर्दै धनकुटाबासीले पटक–पटक आन्दोलन गर्दै आएका छन् ।

यसअघि शुक्रवार धनकुटा बजारमा बृहत जनप्रदर्शन र शनिवार ब्याङ्ग्यात्मक रुपमा मैनबत्ती जुलुश प्रदर्शन गरिएको थियो । चरणबद्ध आन्दोलन घोषणा गरेर राजधानी बनाउँन दवाव दिदै आएका धनकुटाबासीले माग संबोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

थप तस्वीरहरु हेर्नुहोस् …

तस्वीरहरु : संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!