- संगालोखबर सम्वाददाता

धनकुटा, ६ पुस । धनकुटाको खाल्सा छिन्ताङ सहीदभूमी गाउँपालिका–७ साप्तिङटारमा बिहीबार राति मिनि ट्रक दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । त्रिवेणीबाट मुलघाट तर्फ आउँदै गरेको को.१ ख.२५४८ नम्बरको मिनि ट्रक राति करिव साँढे ८ बजे अनियन्त्रित भई पल्टिएको हो ।

दुर्घटनामा परी ट्रक चालक चौविसे गाउँपालिका–६ राजारानीका २० बर्षीय बिक्रम वि.क., सोही स्थानका १८ बर्षीय उपहार राई र १८ बर्षका दिवश राई घाईते भएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार घाईते मध्ये दिवशको अवस्था गंभीर छ ।

Advertisement

उनीहरुलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ । ट्रक सडकबाट करिव ५० फिट तल खसेको छ ।

यस्तैगरी बिहीबार दिउँसो धनकुटाको गुठिटार नजिक जीप दुर्घटना हुँदा चार जना घाईते भएका छन् । धनकुटामा एकै दिन भएका दुई छुट्टा–छुट्टै सवारी दुर्घटनामा सात जना घाईते भएका हुन ।

…………………..

धनकुटाको गुठिटारमा जीप पल्टिदा चार घाईते

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!