रबिन कटेल/संगालोखबर

धनकुटा, ३ पुस । धनकुटालाई प्रादेशिक राजधानी माग गर्दै सोमबार गरिएको बन्दका क्रममा रोकिएर बसेका पूर्वी पहाडी जिल्लाका यात्रुहरुले धनकुटा नै प्रादेशिक राजधानीका लागि उपयुक्त भएपनि बन्द गरेर जनतालाई सास्ती दिनु बेठिक भएको प्रतिक्रिया दिएका छन् ।संगालोखबरले सोमबार दिउँसो गरेको कुराकानीमा उनीहरुले यस्तो बताएका हुन् ।

छिमेकी जिल्लाका यात्रुहरुको मनसाय बुझ्नका लागि संगालोखबरले उनीहरुको प्रतिक्रिया लिएको थियो । सोही क्रममा छिमेकी जिल्ला भोजपुर, संखुवासभा र तेह्रथुमका अधिकांस यात्रुहरुले प्रादेशिक राजधानीका लागि धनकुटा नै ठिक रहेको बताए । तर, राजधानी माग गर्दै बन्द हड्तालमा उत्रनु बेठिक भएको उनिहरुको ठम्याई छ ।

धनकुटामा संगालोखबरलाई प्रतिक्रिया दिदै छिमेकी जिल्लाबासीहरु ।

भोजपुरको सडानन्द नगरपालिका–६ दिङ्लाका राजु बस्नेतले प्रादेशिक राजधानीका लागि धनकुटानै उपयुक्त रहेको बताए । ‘हामीलाई त प्रादेशिक राजधानीका लागि अरुभन्दा धनकुटा नै ठिक छ ।’ बस्नेतले भने ‘तर, यसरी बन्द गरेर राजधानी माग्ने तरिका चै ठिक भएन ।’

यता संखुवासभाको खादवारी नगरपालिका–१० चैनपुरका सालिकराम अधिकारीले पनि धनकुटा प्रादेशिक राजधानीका लागि उपयुक्त रहेको प्रतिक्रिया दिए । उनीहरु जस्तै अधिकांस यात्रुहरुले राजधानी धनकुटा नै उपयुक्त रहेको भएपनि बन्द गर्नु बेठिक भएको प्रतिक्रिया दिएका हुन ।

वाँकी भिडियोमा हेर्नुहोस्..

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!