रबिन कटेल/संगालोखबर

धनकुटा, १ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै शनिवार जिल्लाबासीले ब्याङ्ग्यात्मक रुपमा मैनबत्ती जुलुश प्रदर्शन गरेका छन् । प्रशासनीक केन्द्र रहदै आएको धनकुटा हरेक हिसावले प्रादेशिक राजधानीका लागि उपयुक्त भएपनि सरकारले राजधानी घोषणा गर्न आँखा नदेखेको भन्दै उज्यालो देखाउँन ब्याङ्ग्यात्मक रुपमा मैनबत्ती जुलुश प्रदर्शन गरिएको हो ।

दिउँसो बलेको मैनबत्ती बोकेर सयौंको संख्यामा निश्किएका धनकुटाबासीले राजधानी माग गर्दै बजारका बिभिन्न भागको परिक्रमा गरेका थिए । स्थानीय भीमनारायण चौकबाट सुरु भएको मैनबत्ती जुलुश वीचबजार, परिचयमोड, हुलाकटोल हुँदै मदनचौकमा पुगेर सभामा परिणत भएको थियो ।

Advertisement

सभालाई संबोधन गर्दै नव निर्वाचित धनकुटा प्रदेश (क) का प्रदेशसभा सदस्य निरन राई र प्रदेश (ख) का प्रदेशसभा सदस्य ईन्द्रमणी पराजुलीले प्रादेशिक राजधानीका लागि आ–आफ्नो क्षेत्रबाट पहल गरिरहेको भन्दै धनकुटालाई प्रादेशिक राजधानी बनाउँन जस्तोसुकै परिस्थितीको पनि सामना गर्ने उद्घोष गरेका छन् ।

धनकुटाको मदनचौकमा मैनबत्ती बालिदै । तस्वीर: रबिन कटेल/संगालोखबर

त्यस्तै आन्दोलन संघर्ष समिति संयोजक उमेश घिमिरे, कांग्रेस सचिव बिजय सन्तोषी राई र माओवादी केन्द्रका तिलक राईले धनकुटा हरेक हिसावले राजधानीका लागि उपयुक्त भएकाले राजधानी घोषणा गर्न सरकारसँग माग गरे । बक्ताहरुले बर्षैदेखि प्रशासनीक केन्द्र रहदै आएको धनकुटाको अधिकार नखोस्न सरकारलाई आग्रह गर्दै आग्रह नसुनेमा जस्तोसुकै मुल्य चुकाउँन पनि पछि नपर्ने चेतावनी पनि दिएका छन् ।

प्रशासनीक गौडा हुँदै यसअघि पूर्वाञ्चल बिकासक्षेत्रको सदरमुकामसमेत रहेको धनकुटामा पर्याप्त भौतिक संरचना, उपयुक्त हावापानी, मजवुत सुरक्षा ब्यवस्था लगायत कारणले उपयुक्त रहेको भन्दै धनकुटाबासीले राजधानी घोषणाको माग गर्दै आएका छन् । प्रादेशिक राजधानी बनाउँन माग गर्दै धनकुटाबासीले पटक–पटक आन्दोलन गर्दै आएका छन् ।

यसअघि शुक्रवार पनि धनकुटा बजारमा बृहत जनप्रदर्शन गरिएको थियो । धनकुटाबासीले चरणबद्ध आन्दोलननै घोषणा गरेर राजधानी बनाउँन दवाव दिदै आएका हुन् । आईतबार क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना दिएर प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउँने र सोमबार धनकुटा बन्दको आवहन गरिएको आन्दोलन संघर्ष समिति संयोजक उमेश घिमिरेले जानकारी दिएका छन् ।

थप तस्वीरहरु हेर्नुहोस् …

 

यो पनि हेर्नुहोस् …

धनकुटामा प्रादेशिक राजधानी माग गर्दै वृहत जनप्रदर्शन (फोटो फिचरसहित)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!