धनकुटामा प्रादेशिक राजधानी माग गर्दै खबरदारी र्‍याली गरिने

धनकुटामा प्रादेशिक राजधानी माग गर्दै खबरदारी र्‍याली गरिने

धनकुटा, २९ मंसिर । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै शुक्रवार (आज) खबरदारी र्‍याली गरिने भएको छ । प्रशासनीक गौडा हुँदै यसअघि पूर्वाञ्चल विकासक्षेत्रको सदरमुकाम रहेको धनकुटालाई राजधानी घोषणा गर्न आनाकानी गरिएको भन्दै धनकुटाबासीले खबरदारी र्‍याली गर्न लागेका हुन् । सरकारलाई खबरदारी स्वरुप दिउँसो १ बजे धनकुटा बजारमा र्‍याली प्रदर्शन गरिने बजार ब्यवस्थापन समिति अध्यक्ष विप्लव श्रेष्...
खोटाङमा घर र मतानमा आगलागी हुँदा १६ लाखको क्षति, १४ चौपाया जले

खोटाङमा घर र मतानमा आगलागी हुँदा १६ लाखको क्षति, १४ चौपाया जले

खोटाङ, २९ मंसिर । खोटाङको तुवाचुङ नगरपालिका–८ स्थित धितुङमा आगलागी हुँदा एउटा घर र मतान जलेर नष्ट भएको छ । स्थानीय मित्रमान राईको घर आगलागीमा जलेर नष्ट भएको हो । आगलागीबाट खरको छाना भएको तिन तले घर र एक तले मतानसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा परी घर भित्रका सम्पुर्ण समान जलेर नष्ट भएका छन् । मतानमा रहेका १४ वटा चौपाया पनि जलेका छन् । प्रहरी र स्थानीयबासीले आगो निभाएका थिए । आग...
सुन्दरहरैचामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ५ घाईते

सुन्दरहरैचामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ५ घाईते

मोरङ, २९ मंसिर । मोरङको सुन्दरहरैचा–७ स्थित पूर्व पश्चिम राजमार्गमा गएराती बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित ५ जना घाईते भएका छन् । इलामबाट बिरामी लिएर धरान आउँदै गरेको मे.१ च.१२९५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई राति करिव १ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी एम्बुलेन्स चालक इलाम नगरपालिका–६ का ३० बर्षीय सुनिल राई गंभीर घाईते भएका छन् । त्यस्तै सोही ठाउँका २१...
लहानमा बम विस्फोट, चौधरी घाइते

लहानमा बम विस्फोट, चौधरी घाइते

लहान, २८ मंसिर । लहानस्थित शहीद चोकमा आज दिउँसो बम विस्फोट हुँदा एक व्यक्ति घाइते भएका छन् ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानको शहीद रमेश चोक नजिक साइकलमा राखिएको प्रेसरकुकर बम दिउँसो २ बजेतिर विस्फोट हुँदा सप्तरीको खडक नगरपालिका–२ निवासी ४५ वर्षीय परमेश्वर चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक जुगेश्वर राउतले जानकारी दिए । हात र पिठ्यूँमा गम्भीर चोट लागेको चौधरीको स्...
धनकुटामा १३ उम्मेदवारको जमानत जफत

धनकुटामा १३ उम्मेदवारको जमानत जफत

धनकुटा, २८ मंसिर । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा धनकुटाबाट प्रत्यक्षतर्फ उम्मेदवार रहेका १९ मध्ये १३ जनाको जमानत जफत भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेबाट विजयी राजेन्द्र राई र निकटतम प्रतिस्प्रधि राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का सुनिलबहादुर थापाबाहेक सबैको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । राईले ३७ हजार ३ सय ३३ मत ल्याएर विजयी भए भने थापाले ...
गुफापोखरी संरक्षणमा जुटे स्थानीयवासी

गुफापोखरी संरक्षणमा जुटे स्थानीयवासी

तेह्रथुम, २८ मंसिर । तीनजुरे मिल्के जलजले संरक्षण क्षेत्रमा रहेको गुफापोखरीको संरक्षणमा स्थानीयवासी जुटेका छन् । पोखरीको अस्तित्व संकटमा पर्दै गएपछि स्थानीयवासीले संरक्षणमा चासो देखाएका हुन् । पोखरी परिसरको घेरबार, सरसफाइ, पानीको मुहान पहिचानजस्ता विषयमा अहिले चासो बढेको छ । अवलोकनका लागि आउने आन्तरिक पर्यटकसँग स्थानीयवासीले पोखरीको संरक्षणका लागि राय, सुझाव माग्न थालेका छन् । संखुवासभाको चैनपु...
डाक्टरले महिला कर्मचारीलाई दुर्व्यवहार गरेपछि मेची अस्पतालमा तनाव

डाक्टरले महिला कर्मचारीलाई दुर्व्यवहार गरेपछि मेची अस्पतालमा तनाव

झापा, २८ मंसिर । मेची अञ्चल अस्पतालका वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर जयकुमार ठाकुरले आफू मातहतका महिला कर्मचारीमाथि अश्लि शब्द बोलेर दुव्र्यवहार गर्ने गरेको आरोप लागेको छ । बुधवार अपरान्ह अपरेशन थिएटरमा कार्यरत नर्स दिक्षा पौडेललाई काम नगरेको आरोप लगाउँदै अश्लिल शब्द बोलेपछि अस्पतालमा कार्यरत महिला कर्मचारीहरुले डाक्टरमाथि कारवाहीको माग गर्दै अस्पताल घेराउ गरेका छन्। दश वर्षदेखि स्त्री रोग ...
झापामा सिलिण्डर ग्यास पड्कँदा आगलागी

झापामा सिलिण्डर ग्यास पड्कँदा आगलागी

काँकडभिट्टा, २८ मंसिर । झापाको काँकडभिट्टा उच्च मावि परिसरमा रहेको क्यान्टिनमा सिलिण्डर ग्यास पड्केर आगलागी हुँदा रु १२ लाखभन्दा बढीको मालसमानको क्षति भएको प्रहरीले जनाएको छ । मेचीनगर–६ का नारायण विष्टले सञ्चालन गरेको क्यान्टिनमा आज बिहान ५ बजे रेगुलेटरबाट ग्यास चुहिएर आगलागी भएको काँकडभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टंक भट्टराईले बताए ् ।  आगलागीबाट कुनै मानवीय क्षति नभए पनि टिन...
धनकुटामा बार्षिक सिकाई उपलब्धी वढ्दै

धनकुटामा बार्षिक सिकाई उपलब्धी वढ्दै

धनकुटा, २८ मंसिर । धनकुटामा बार्षिक सिकाई उपलब्धी वढ्दै गएको छ । पछिल्लो तीन वर्षको अवधिमा जिल्लाको सिकाई उपलब्धी क्रमस बढेर शैक्षिक गुणस्तरमा सुधार आएको हो । शैक्षिक उपलब्धी बढेर शैक्षिक सत्र ०७३ मा ५१ प्रतिशत पुगेको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत फाल्गुणी काफ्लेले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार यसअघि शैक्षिक सत्र ०७१ मा जिल्लाको समग्र सिकाई उपलब्धी ४९ प्रतिशत र ०७२ मा ५० प्रतिशत थ...
इलाममा लुकाई राखेको अवस्थामा गोलीसहित पेस्तोल भेटियो

इलाममा लुकाई राखेको अवस्थामा गोलीसहित पेस्तोल भेटियो

इलाम, २८ मंसिर । इलामको सदरमुकाम नजिकै तिल्केनीमा ३ थान पेस्तोल फेला परेको । ८ राउन्ड गोलीसहित पेस्तोल भेटिएको इलाम जिल्ला प्रहरीले जनाएको छ । इलाम नगरपालिका–८ को तिल्केनीको गोरेटो बाटोमा भारतीय कम्पनीका पेस्तोल भेटिएको प्रहरीको भनाइ छ । पेस्तोल कसले र किन राख्यो भन्ने विषय नखुलेको र आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
‘प्रश्नपत्र आउट गरेको’ भन्दै विद्यार्थीद्वारा पूर्वाञ्चल विश्वविद्यालय तोडफोड, डिनको कुर्सी जलाइयो

‘प्रश्नपत्र आउट गरेको’ भन्दै विद्यार्थीद्वारा पूर्वाञ्चल विश्वविद्यालय तोडफोड, डिनको कुर्सी जलाइयो

गोठगाउँ, २८ मंसिर । मोरङको सुन्दरहरैंचामा रहेको पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँको प्रशासनिक भवन विद्यार्थीले तोडफोड गरेका छन् । बुधबार भएको एग्रिकलचर सेकेन्ड सेमिस्टारको परीक्षाको प्रश्नपत्र परीक्षाअगावै विश्वविद्यालयले केही निजी विद्यालयका विद्यार्थीलाई बेचेको भन्दै आक्रोशित विद्यार्थीले क्याम्पस प्रमुख तथा डिनको कार्यकक्ष तोडफेड गरेका हुन् । त्यसक्रममा आक्रोशित विद्यार्थीले डिनको कुर्सीसमेत ...
मधेशी जनताको अधिकारका लागि संघर्ष जारी : अध्यक्ष यादव

मधेशी जनताको अधिकारका लागि संघर्ष जारी : अध्यक्ष यादव

राजविराज, २८ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताले अधिकार नपाएसम्म अधिकार प्राप्तिका लागि संघर्ष जारी रहने बताएका छन् । राजविराजस्थित साह धर्मशालामा बुधबार साँझ तेलि कल्याणकारी समाजद्वारा आयोजित नवनिर्वाचित प्रतिनिधि र प्रदेशससभा सदस्यको सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सप्तरी क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचितसमेत  भएका उनले...
विराटनगर जेसिजको अध्यक्षमा थपलिया

विराटनगर जेसिजको अध्यक्षमा थपलिया

विराटनगर, २८ मंसिर । विराटनगर जेसिजको सम्पन्न अधिवेशनले राजेन्द्र थपलियाको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । ‘एक वर्ष एक पद, एक व्यक्ति’को धारणा रहेको युवाको साझा संगठन जेसिजमा सन् २०१८ का लागि नयाँ कार्य समिति चयन गरिएको हो । ४३ वर्ष अघि स्थापना भएको जेसिजले थपलियालाई निर्विरोध चयन गरेको हो । नयाँ समितिमा वरिष्ठ कार्यकारिणी उपाध्यक्ष सेवक बजगाईं, तालिम निर्देशक प्रदिप दाहाल, कार्यका...
मोटरसाइकलको ठक्करबाट घाइते साहको मृत्यु

मोटरसाइकलको ठक्करबाट घाइते साहको मृत्यु

लहान, २८ मंसिर । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित सडकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्रीको बुधबार उपचारको क्रममा मृत्यु भएको छ । मिर्चैया नगरपालिका–१ स्थित राजमार्गमा मंगलबार साँझ पश्चिमबाट पूर्व आउँदै गरेको स ८ प ८३३१ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका सिरहाको कल्याणपुर नगरपालिका–१० निवासी ५० वर्षीय चन्देश्वर साहको उपचारको क्रममा मृत्यु भएको हो ।...
झापामा चालीस बालबालिकालाई राहत वितरण

झापामा चालीस बालबालिकालाई राहत वितरण

भद्रपुर, २८ मंसिर । ग्रामीण तथा शहरी विकास नेपालले बुधबार झापाको कचनकवल, बाह्रदशी र हल्दिवारीका ४० जना बालबालिकालाई जनही रु पाँच हजारका दरले राहत वितरण गरेको छ । युनिसेफको सहयोगमा महिला तथा बालबालिका कार्यालय, झापाको प्राविधिक सहयोगमा सो संस्थाले तीनवटै गाउँपालिका कार्यालयमा गई राहत वितरण गरेको हो । बाढी प्रभावित तथा विस्थापित बालबालिका र परिवारलाई हिंसा र शोषणबाट बचाउने प्रभाव न्यूनीकरण परियो...
इलाममा आगलागीमा परी महिलाको मृत्यु

इलाममा आगलागीमा परी महिलाको मृत्यु

इलाम, २८ मंसिर। इलाम नगरपालिका-५ मा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । घरमा बालेको टुकीबाट आगलागी हुँदा घर धनी ४० वर्षीया पवित्रा नेपालीको मृत्यु भएको हो । जलेर घाइते भएकी नेपालीलाई उपचारका लागि विपी मेमोरियल अस्पताल धरान लैजादै गर्दा झापामा मृत्यु भएको प्रहरीले जनाएको छ । घर जलेर पूरै नष्ट भएको छ ।
डाँडाबजारको भानु माविलाई बिश्रामालय

डाँडाबजारको भानु माविलाई बिश्रामालय

धनकुटा, २७ मंसिर । साँगुरीगढी गाउँपालिका–५ डाँडाबजारको भानु माध्यमिक बिद्यालयलाई एक दाताले विश्रामालय हस्तान्तरण गरेका छन् । स्थानीय वुद्धिनाथ कटुवालले आफ्ना स्वर्गिय पिता रत्नबहादुरको नाममा विश्रामालय निमार्ण गरि बिद्यालयलाई हस्तान्तरण गरेका हुन् । १ लाख ७५ हजारको लागतमा निर्माण गरिएको बिश्रामालय बिद्यालयको ६४ औ बर्षिकोत्सवको अवसर पारेर हस्तान्तरण गरिएको स्थानीय धुव्र गाउलेले जानकारी दिएका छन् ।...
धनकुटाको बोधेमा ट्रक पल्टियो

धनकुटाको बोधेमा ट्रक पल्टियो

धनकुटा, २७ मंसिर । धनकुटाको चौविसे गाउँपालिका–५ बोधेमा बुधबार साँझ ट्रक पल्टिदा चालक घाईते भएका छन् । बोधेबाट बास लिएर काठमाण्डौ जाँदै गरेको ना.७ ख १६६ नम्बरको ट्रक सडक भासिएर पल्टिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । दुर्घटनामा परी ट्रक चालक दोलखाका २६ बर्षीय कृष्ण बहादुर तामाङ घाईते भएका छन् । ट्रक पल्टिएर सडकबाट करिव २५ तल पुगेको प्रहरीले जनाएको छ ।
धनकुटामा पक्राउ परेका नेकपाका १४ जना धरौटिमा छुटे

धनकुटामा पक्राउ परेका नेकपाका १४ जना धरौटिमा छुटे

धनकुटा, २७ मंसिर । निर्वाचनलाई प्रभावित पार्न सक्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १४ जना धरौटीमा छुटेका छन । नेकपाका जिल्ला अध्यक्ष आकाश शर्मा भनिने माधव गौतमसहित १४ जनालाई धरौटिमा छोडिएको जिल्ला प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई बताएका छन् । पक्राउ परेका १५ मध्ये जिल्ला सदस्य सुक्रराज राई भने हिरासतमै छन् । राईला...
एमाले अध्यक्ष ओलीको जितमा दमकमा भव्य विजय जुलुस !

एमाले अध्यक्ष ओलीको जितमा दमकमा भव्य विजय जुलुस !

झापा, २७ मंसिर । बुधबार झापामा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा भव्य विजय जुलुस निस्किएको छ । जिल्लाको दमकमा आयोजित उक्त विजय जुलुसमाअध्यक्ष ओलीसहित हज्जारौ मतदाता र सर्वसाधारणहरुको सहभागिता रहेको देखिन्थ्यो । झापा क्षेत्र नम्बर ५ बाट भारी मतका साथ चुनाव जितेका अध्यक्ष ओलीलाई विजय र्यालीपछि आयोजि कार्यक्रममा निकै ठूलो माला पहिराइदिएर मतदाताहरुले स्वागत गरेका थिए । र्यालीमा ओलीको हाईहाई भएको थ...
धनकुटालाई अस्थायी मुकाम तोक्न माग

धनकुटालाई अस्थायी मुकाम तोक्न माग

धनकुटा, २७ मंसिर । प्रदेशसभा र मुख्यमन्त्रीको कार्यालय तथा प्रदेशको अस्थायी मुकाम नै तोकिनु पर्नेमा धनकुटाबासीले जोड दिएका छन् । क्षेत्रीय प्रशासन कार्यालय रहेको स्थानमा अस्थायी मुकाम तोकिने भनिएपनि धनकुटामा नभएर अन्यत्र तोकिने चर्चा भएपछि जिल्लाबासी चिन्तित बनेका छन् । आफुहरुप्रति अन्याय गरिए आन्दोलनको विकल्प नभएको स्थानीयको भनाई छ । साविकको पाँच विकास क्षेत्रको मुकाममा प्रदेशको मुकाम तोकिने भएप...
जनतालाई आश्वासन मात्र होइन, विकास दिन्छौः नेम्वाङ

जनतालाई आश्वासन मात्र होइन, विकास दिन्छौः नेम्वाङ

इलाम, २७ मंसिर । नेकपा एमालेका नेता एंव इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङले वाम गठबन्धनले जनतासँग गरिएका वाचा पूरा गर्ने बताएका छन् । मतदातालाई धन्यवाद ज्ञापन गर्न आज इलामको फाकफोकथुम गाउँपालिकास्थित कोल्बोटेमा आयोजित कार्यक्रममा उनले भने, “हामी जनतासँग निर्वाचनपूर्व गरिएका वाचा पूरा गर्छौ, जनतालाई आश्वासन होइन, विकास दिन्छौँ ।” “तपाईंहरूको अपार माया र विश्वासले हामीले निर्...
मेचीबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने पवित्रा एक्ली महिला

मेचीबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने पवित्रा एक्ली महिला

झापा, २७ मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) कि पवित्रा निरौला खरेल मेचीबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बन्नुभएको छ । मंसिर २१ गते सम्पन्न निर्वाचनमा झापा क्षेत्र नम्वर २ बाट उहाँ निर्वाचित हुनुभएको हो । यो संगै उहाँले नेपाली कांग्रेसका उम्मेद्वार उद्धव थापालाई पराजय गर्दै प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने यात्रा तय गर्नुभएको छ । प्रतिनि...
मोरङको उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

मोरङको उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

उर्लाबारी, मोरङ, २७ मंसिर ।  मोरङको उर्लाबारी–६ स्थित उर्लाबारी-मधुमल्ला सडकखण्डमा गएराति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे ४ प ३९१७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका ३६ वर्षीय पैदल यात्री निलम पाण्डेको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पाण्डेको उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । दुर...
सुनसरी ३ मा ३२१ मतान्तरले गच्छदार विजयी

सुनसरी ३ मा ३२१ मतान्तरले गच्छदार विजयी

काठमाडौँ, २७ मंसिर । निकै रोचक बनेको सुनसरी–३ मा नेपाली काङ्ग्रेसका नेता विजय गच्छदार विजयी भएका छन् । नेकपा एमालेकी भगवति चौधरीलाई ३२१ मताान्तरले हराउँदै गच्छदार विजयी बनेका हुन् । लामो समय चौधरीले गच्छदारमाथि अग्रता बनाएपछि अन्तिममा गच्छदारले चौधरीलाई पछि पारेका थिए । गच्छदारले ३८ हजार ९७२ मत ल्याउँदा चौधरीले ३८ हजार ६५१ मत ल्याइन् ।
कस्तो आउला सुनसरी–३ को नतिजा ?  मतगणना गर्न  आयोगको निर्देशन, एमालेको अवरोध

कस्तो आउला सुनसरी–३ को नतिजा ? मतगणना गर्न आयोगको निर्देशन, एमालेको अवरोध

काठमाडौं, २६ मंसिर । विवादका कारण अवरुद्व भएको सुनसरी क्षेत्र नम्बर ३ को मतगणना अझैं शुरु हुन सकेको छैन । निर्वाचन आयोगले पुन मतगन्न निर्देशन दिएपनि एमालेको अवरोधका कारण शुरु हुन नसकेको हो । निर्वाचन आयोगको मंगलबार तत्काल मतगणना सुरु गर्न निर्देशन दिएपनि  एमाले कार्यकर्ताले धाँधली भएको दाबी गर्दै मतगणनास्थल बाहिर नाराबाजी गरिरहेका छन्   । सोमबार मतगणनाका क्रममा नोट भेटिएको तथा मतपत्रमा काटिने...
सप्तरीमा छुट्टाछुट्टै आगलागीबाट बीस लाखको क्षति

सप्तरीमा छुट्टाछुट्टै आगलागीबाट बीस लाखको क्षति

राजविराज, २६ मंसिर ।  सप्तरीको छुट्टाछुट्टै ठाउँमा सोमबार आगलागी हुँदा करिब रु २० लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ । महदेवा गाउँपालिकामा आगलागी हुँदा स्थानीय दिनेश यादव र रघु यादवको एक–एक वटा घर जलेको र आगलागीबाट नगद तथा जिन्सी गरी रु तीन लाख मूल्य बराबरको धनमाल क्षति भएको हनुमाननगर इलाका प्रहरी कार्यालयले जनाएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीमा आगलागी हुँदा कपिलदेव...
धनकुटामा एमालेलाई समानुपातिकको ५० प्रतिशत मत

धनकुटामा एमालेलाई समानुपातिकको ५० प्रतिशत मत

धनकुटा, २५ मंसिर । धनकुटामा प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको मतगणना सोमबार साँझ सकिएको छ । मतपरिणाम अनुसार एमालेले झन्डै ५० प्रतिशत मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभातर्फ खसेको कुल सदर मत ६३ हजार १ सय १२ मध्ये एमाले एक्लैले ३० हजार ९ सय ४७ मत प्राप्त गरेको छ । त्यस्तैगरी कांग्रेसले १२ हजार ३ सय २०, माओवादी केन्द्रले ७ हजार ४ सय ७९, राप्रप...
कर्मचारी र शिक्षकलाई योगेशको सुझाव– ‘भ्रष्ट कर्मचारी र नपढाउने शिक्षक कृपया नबस्नुहोला’

कर्मचारी र शिक्षकलाई योगेशको सुझाव– ‘भ्रष्ट कर्मचारी र नपढाउने शिक्षक कृपया नबस्नुहोला’

ताप्लेजुङ, २५ मंसिर । प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सचिव योगेश भट्टराईले भ्रष्टाचार गर्ने मन भएका कर्मचारीलाई ताप्लेजुङमा नबस्न अनुरोध गरेका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘देशभर कहीँ पनि भ्रष्टाचार नगर्नु होस्, आफूलाई सुधार्न सक्नुहुन्न भने कृपया ताप्लेजुङचाही बस्दै नबस्नु होला ।’ उनले प्रमुख जिल्ला अधिकारीलाई जिल्लाभरीका कर्मचारीको भेला ब...
लेगुवामा लक्ष्मी बैंकको सेवा

लेगुवामा लक्ष्मी बैंकको सेवा

धनकुटा, २५ मंसिर । धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवाको राम बजारमा लक्ष्मी बैंकले सेवा सुरु गरेको छ । स्थानीय नागेश्वरी मनि ट्रान्सफरसँगको सहकार्यमा शाखारहित बैंकिङ सेवा सुरु गरिएको हो । महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल र लक्ष्मी बैंक हिले शाखाका प्रमुख ज्वतीहाङ राईले संयुक्त रुपमा सेवाको उद्घाटन गरेका छन् । यो सेवा सुरु भएपछि अव लेगुवा बजारबाट बचत, ऋण लगानीसहित बैंकले प्रदान गर्...
सुनसरी ३ को मतगणना स्थगित, गच्छदारले सेटिङ मिलाएको चौधरीको आरोप

सुनसरी ३ को मतगणना स्थगित, गच्छदारले सेटिङ मिलाएको चौधरीको आरोप

धरान, २५ मंसिर । वामपन्थी गठबन्धनले निर्वाचन अधिकृतमाथि प्रश्न उठाएपछि सुनसरी क्षेत्र नम्बर ३ को मतगणना स्थगित भएको छ । यो क्षेत्रमा कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच तीव्र प्रतिस्पर्धा छ । ६४ हजार २३१ मत गणना हुँदा चौधरी केही समय मतले अगाडि छिन् । उनले २९ हजार ३२६ मत पाएकी छन् भने गच्छदारको मत २९ हजार १७१ छ । तर, पूर्व उपप्रधानमन्त्री समेत रहेका गच्छदारले सेटिङ मिलाएर आफूल...
error: Content is protected !!