संगालोखबर सम्वाददाता

धनकुटा, ६ पुस । प्रशासनीक गौडा हुँदै यसअघि पूर्वाञ्चल बिकास क्षेत्रको सदरमुकामसमेत रहेको धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै जिल्लाबासीले बिहीबार पनि बृहत प्रदर्शन गरेका छन् ।

हरेक हिसावले उपयुक्त रहेरपनि सरकारले धनकुटालाई प्रादेशिक राजधानी बनाउँन आनाकानी गरेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका जिल्लाबासीले सातौ दिनपनि प्रदर्शनलाई जारी राखेका हुन । राजधानी घोषणाका लागि दवावमूलक नारा लगाउँदै जिल्लाबासीले बजारका बिभिन्न क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

Advertisement

मदनचौकबाट सुरु भएको खबरदारी जुलुश हुलाकटोल, भीमनारायण चौक, बिहीबारे हटिया लगायत क्षेत्र परिक्रमा गर्दै पुनः मदनचौकमै पुगेर सभामा परिणत भएको थियो ।

धनकुटामा प्रादेशिक राजधानी माग्दै बिहीबार भएको प्रदर्शन । तस्वीर : रबिन कटेल/संगालोखबर

सभालाई संबोधन गर्दै आन्दोलन संघर्ष समितिका द्रोर्ण गुरागाई, सुन्दरवावु श्रेष्ठ लगायतले धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

धनकुटामा पर्याप्त भौतिक पूर्वाधार, १४ वटै जिल्लाको केन्द्र भागमा पर्ने, उपयुक्त हावापानी, मजवुत सुरक्षा ब्यवस्था लगायत कारणले राजधानी घोषणा गरिनुपर्ने जिल्लाबासीको माग छ । राजधानी घोषणाको माग गर्दै धनकुटाबासीले गत शुक्रबारदेखि नियमित रुपमा प्रदर्शन गर्दै आएका छन् ।

जिल्लामा प्रदर्शनसँगै काठमाण्डौंमा पनि दवाव दिईराखिएको छ । नव निर्वाचित प्रतिनिधि र प्रदेशसभा सदस्यसहितको टोलीले काठमाण्डौंमा धर्नासहित ज्ञापनपत्र बुझाएर शिर्ष नेताको ध्यानाकर्षण गराउँने क्रमलाई जारी राखेको आन्दोलन संघर्ष समितिले जनाएको छ ।

तस्वीरहरु हेर्नुहोस् …

भिडियो हेर्नुहोस् …

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!