संगालोखबर संवाददाता

धनकुटा, ६ पुस । धनकुटा नगरपालिका–९ गुठिटारमा आज दिउँसो जीप दुर्घटना हुँदा चार जना घाईते भएका छन् । गुठिटारबाट बेलहारा डाँडा जाँदै गरेको को.१ ज.१९१७ नम्बरको जीप दिउँसो साँढे २ बजे गुठिटार बजार नजिक पल्टिएको हो ।

दुर्घटनामा परी धनपा–९ बेलहाराका ४५ बर्षीय झकल बहादुर तामाङ, २२ बर्षीय दिवस रायमाझी, ४० बर्षीय सन्तबहादुर राई र ३० बर्षीय कृष्ण बहादुर नेपाली घाईते भएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले संगालोखबरलाई जानकारी दिए ।

Advertisement
गुठिटार नजिक पल्टिएको जीप ।

उनका अनुसार घाईते मध्ये सन्तबहादुरको जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेको छ भने वाँकी तीन जनालाई धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ ।

घाईतेमध्ये झकल र दिवसको अवस्था गंभीर छ । जीप सडकबाट करिव ५ मिटर तल पल्टिएको छ । अनियन्त्रित भएर जीप दुर्घटना भएको हुनसक्ने धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले बताएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement